• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

      ७ घण्टा अघि

      भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

      ७ घण्टा अघि

      मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

      ७ घण्टा अघि

      माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

      ९ घण्टा अघि

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      ९ घण्टा अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      ९ घण्टा अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      १० घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      ११ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      ११ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      ११ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      १३ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      १५ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      १६ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      १७ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      १७ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ ९, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    जग्गा मिलाइदिने बहानामा अर्काकी श्रीमतीलाई हत्या गर्ने तीन जना सार्बजनिक

  • बुटवल दैनिक
  • २०७८ माघ ३, सोमबार (४ महिना अघि)
  • २३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    माघ ३ :- गत पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी एक महिलाको हत्यामा संलग्न तीन जनालाई (शनिबार) प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यलय बरहथवाले घटनामा संलग्नहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। गत पुस १७ गतेबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखु बारीमा शव फेला परेको थियो।

    फेसबुकमा पछ्याउनुहोस्

    महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा फेला परेको थियो। घटनामा हरिवन नगरपालिका–१०, ताइवानका २७ वर्षका सन्तोष साह, सोही ठाउँका २७ वर्षकै मुकेश ब्लोन र २२ वर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा घटनामा उनीहरुको संलग्नता पाइएको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी उमा शंकर यादवले जानकारी दिए।

    अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको खुलेको थियो। सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई बिहे गर्न (भगाउन) बारम्बार दबाब दिँदै आएकी थिइन्। विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीहरुलाई केही पैसा दिने लोभसमेत देखाएर हत्या गरेका प्रहरीले जनाएको हो।

    प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाईकल तथा घटनास्थलबाट बरामद भएको सामाग्री समेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको थियो। मृतक महिलाका श्रीमान् विगत १० बर्षदेखि रोजगारीको शिलशिलामा कतारमा रहेका थिए। उनी गत २ बर्ष पहिला मात्र नेपाल आएर गएका थिए। उनीहरुको १२ र ५ बर्षका दुई छोरा र ८ बर्षकी एक छोरी गरी तीन सन्तान रहेको पारिवारिक स्रोतले जनाएको छ।

    यसरी भएको थियो घटना

    मृतक महिलाका श्रीमान् सुरत लामो समयदेखि बैदेशिक रोजगारीमा रहेका थिए। उनले कमाएको पैसाले उनीहरुले पहिलाको घरबाट केही पर केही जग्गा किनेर घर बनाएका थिए। उनले यस पहिला देखि नै आफुले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए।

    सुरतका अनुसार यस पटक पनि विभिन्न समयमा गरी श्रीमतीलाई दश लाखको हाराहारीमा पैसा पठाइसकेका थिए। जग्गा किन्ने क्रममा जग्गा दलाल गर्ने सन्तोषसँग मृतक महिलाका बुवाको चिनजान भएको थियो। सोही चिनजान श्रीमान सुरत हुँदै मृतक महिलामा आएर जोडिएको थियो। जग्गा किन्न भनेर मृतक महिलाले सन्तोषलाई २ लाख बैना समेत दिएकी थिइन्।

    यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाई छ। त्यसपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए। मृतक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ। भेटघाटको समय बित्दै जाँदा महिलाले सन्तोषलाई आफुसँग बिबाह गर्न र भगाउन दबाब दिन थालिन्।

    मृतक महिलाका श्रीमान पनि घर फर्कने दिन नजिकिदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो। गत पुष १७ गते महिलाले फोनमा सन्तोषलाई आफुलाई भगाउन दवाव दिइन। सन्तोषले पनि हुन्छ भनिदिए। त्यसपछि घटनामा संलग्न तिनै जना अभियुक्तहरू एक होटलमा बसेर सँगै मदिरा सेवन गरे। सोही क्रममा सन्तोषले साथीहरुसँग आफ्नो समस्या राख्छन्। साथीहरुले महिलाको ह’त्या ग’र्ने उपाय सुझाउँछन्।

    त्यसपछि सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग माग्छन्। साथीहरु मुकेश र रोहितले साथ दिने योजना बनेपछि सन्तोषले आफू लिन आउँदै गरेको बताउँदै राति ८ बजेतिर तयार बस्न महिलालाई आग्रह गर्छन्। त्यसपछि उनीहरु महिलाको घरतर्फ हानिन्छन्। पूर्व योजना बमोजिम सन्तोषले दुई जनालाई कटानी स्थित उखुघारीमा लुकेर बस्न अह्राउछन्। आफू महिलालाई लिन जान्छन्।

    महिलालाई लिएर आएका सन्तोष साथीहरु लुकाएको ठाउँमा आइपुगे पछि पिशाव फेर्ने बहानामा मोटरसाईकल रोकेर उखु घारीतिर लाग्छन्। त्यसलगतै तिनै जना आएर महिलाको मुख र घाँटीमा थिचेर हत्या गर्छन्। त्यसपछि उनीहरुले शव उखुबारीमा फालिदिन्छन्। घटनाको प्रमाण मेटाउने उद्देश्यले उनीहरुले महिलाको कपडा खोलेर राखी मोटर साइकलबाट मिनरल वाटरको बोतलमा पेट्रोल झिक्छन्। सोही पेट्रोल छर्किएर जलाउन खोज्दा उनीहरुसगँ लाइटर नभएपछि फेरी बरहथवा स्थित बजारमा रहेको एक पसलबाट दुईवटा चुरोट र लाइटर किनेर फेरी महिलाको शव भएको स्थानमा पुग्छन्। मोटरसाईकल तयारी अवस्थामा राखेर आगो लगाई उनीहरु त्यहाँबाट फर्कन्छन्। यसरी महिलाको हत्या गरेर जलाएका उनीहरुले महिलासगँ रहेको ब्याग समेत सँगै लगेका हुन्छन्।

    सो ब्याग समेत केही वर सोल्टी गेट नजिकै चेक गर्दा पैसा फेला नपरे पछि ब्याग त्यहीँ फालेर उनीहरु घर फर्कन्छन्। स्थानीयले शव देखेपछि गत पुस २३ गते प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर परीक्षणको लागि जिल्ला अस्पताल पुर्‍याउँछन्। घटनाको एक हप्तापछि गत पुस २४ गते सन्तोष साह र २७ गते मुकेश ब्लोन र रोहित हजरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

    महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

    समाचार

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑