माघ ३- सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–१ बुम्रे का ४५ वर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेको छ । वाङदी शेर्पाले गत राती पौने १२ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि गई वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
यो पनि पढ्नु होस् -मोरङको रतुवामाई नगरपालिका–९ भौडाबाट अबैध औषधीसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको सुनबर्शी नगरपालिका–६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी–७ का ३० वर्षीय कार्तिक चन्द दास अबैध औषधीसहित पक्राउ परेका हुन् ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी ट्रामाडोल डाइड्रोक्लोराईड क्यापसुल २० हजार ट्याब्लेट बरामद गरेको हो । अबैध औषधीसहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी व्यवस्था विभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।