• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

      ८ घण्टा अघि

      भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

      ८ घण्टा अघि

      मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

      ९ घण्टा अघि

      माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

      १० घण्टा अघि

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      १० घण्टा अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      १० घण्टा अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      ११ घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      १२ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      १२ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      १३ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      १४ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      १६ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      १८ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      १९ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      १९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ढकालद्वारा आफ्ना सयदिने कार्य सार्वजनिक

  • बुटवल दैनिक
  • २०७८ माघ ३, सोमबार (४ महिना अघि)
  • १६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल, ३ माघ ।
    लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. ईन्द्र ढकालले आफुले गरेका १ सय दिनका काम र अस्पतालको सुधारका प्रयासहरु सार्वजनिक गरेका छन् । अस्पतालमा सञ्चारकर्मीसामु आफ्ना काम र प्रयासहरु सार्वजनिक गर्दै डा. ढकालले लामो समयदेखि चिकित्सकीय परामर्श र शल्यक्रियाको लागि लामो समय कुर्नुपर्ने समस्यालाई क्रमिक रुपले सहज बनाउँदै लगिएको बताए ।

    फेसबुकमा पछ्याउनुहोस्

    एकसय दिनका काम र सुधार प्रयासलाई १९ बुँदामा सार्वजनिक गर्दै मेसु डा. ढकालले दैनिक करिब १ हजार बिरामी आउने अस्पतालमा १२ देखि १५ जना बिरामीले दैनिक रुपमा शल्यक्रिया सेवा लिएको, बिरामीको माग अनुसार १२ बेडको पेइंग वार्डको सेवा सञ्चालन गरेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थानसंग एमडी र एमएस अध्ययन अध्यापनको निम्ति सम्झौता गरिएको लगायतका कामहरु उल्लेख गरेका छन् ।

    यसका साथै अस्पतालमा अत्यावश्यक क्याथ ल्याबको लागि टेण्डर आव्हान गरिएको, एमआरआईको लागि टेण्डर प्रक्रिया अघि बढाइएको, दुर्घटनाका घाइते बिरामीका लागि ट्रमा रूम स्थापना गरिएको र न्यूरो सर्जरी विभागलाई व्यवस्थित गर्दै चार सैयाको न्यूरो एचडीयू सेवा विस्तार गरिएको जस्ता आफ्ना महत्वपूर्ण कामको सुची डा. ढकालले सञ्चारकर्मी सामु प्रस्तुत गरेका छन् ।
    मेसु डा.ढकालका अनुसार एमडीजिपी विशेषज्ञ डाक्टरलाई परिचालन गरी २२ बेडमा सीमित रहेको इमरजेन्सी वार्डमा १३ बेड थप गरी ३५ बेडमा विस्तार गरिएको छ । डा. ढकालका अनुसार बिरामीले आपतकालिन उपचारमा सहज उपलब्धता र गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ सेवा सुरु गरिएको हो ।

    आन्तरिक व्यवस्थापनलाई सुधार गर्दै क्यासलेस डिष्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा ईमेरजेन्सी काउन्टरमा पनि पेपरलेस सिस्टम सुरुवात गरेको जनाएका छन् ।

    कोभिड महामारीको सरल र सहज व्यवस्थापन हेतु कोभिड सम्बन्धि उपचार सम्पूर्ण रुपमा एउटै छाना मुनि हुने व्यवस्था गरी कोभिड ईमरजेन्सी सेवा विस्तार गरिएको छ भने बिरामीको सहज उपचार, अस्पतालको सरसफाई र संक्रमण घटाउने उद्देश्यका साथ बिरामीका आगन्तुक समय निर्धारणको साथै भिजिटिङ्ग कार्डको पनि सुरुवात गरिएको डा. ढकालले बताएका छन ।

    मृगौला पिडित बिरामीका लागि विगतमा पाँच बेडमा सञ्चालनमा रहेको डायलाइसिस सेवालाई १२ बेड थप गरी १७ बेडमा सेवा विस्तार गरिएको छ भने एचआईभी र हेपटाईटिस सम्बन्धी बिरामीको डायलाइसिसका लागि काठमाडौं धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न २ बेड सेरो पोजिटिभ डायलाइसिस सेवा स्थापना गरिएको छ । कोभिड महामारीमा अक्सिजन व्यवस्थापन सहज गराउनका लागि अक्सिजन प्लान्ट स्थापना गरी पाइपलाइन विस्तार गर्ने काम सकिएको यस्तै दाँत तथा मुख स्वास्थ्यको अतिआवश्यक जाँच सि.बि.आर.टी पनि सञ्चालन गरिएको उनले बताए ।

    लुम्बिनी प्रादेशिक अस्पतालको यो सेवा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक सरकारी अस्पतालमा भएको दावी गर्दै डा. ढकालले न्यूरोलोजी विभाग अन्तर्गतको अति महत्वपूर्ण ई.ई.जी सेवा विस्तार गरिएको जानकारी गराए । अस्पतालका सेवाबारे फेहरिस्त प्रस्तुत गर्दै उनले भने—‘बिरामीको सुबिधा मध्यनजर गर्दै स्त्री रोगको ओपीडी र ईसिजी सेवा व्यवस्थित र सहज ठाउँमा व्यवस्थापन गरिएको छ ।’

    अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु नै आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै डा. ढकालले भने—‘हप्तामा दुई पटक ईन्डोषकोपी हुने सेवा हप्ताको चार पटक हुने व्यबस्था गरिएको छ । एकदिन बिराएर उपलब्ध भइरहेको गर्भवती जाँच र स्त्री रोग जाँचलाई नियमित हरेक दिन हुने व्यवस्था गरिएको छ ।’
    ‘विगत लामो समयदेखि रोकिएको विकास समितिको भत्ता र आमा सुरक्षा कार्यक्रम भत्ता वितरण गरी कर्मचारीमा थप उर्जा र लगनशिलताको साथ काम गर्ने वातावरण सिर्जना भएको छ ।’ कर्मचारीलाई प्रोत्साहन गर्नु र बिरामीले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नु आफ्नो मुल उद्देश्य रहेको डा. ढकालको भनाइ छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

    महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

    समाचार

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑