महेसपुर, । नवलपरासीको सिमावर्ति गाउँपालिका पाल्हीनन्दन २ गोपालपुरमा आयोजित दंगल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । गुरु गोरक्ष युवा क्लब मेला समितिले आयोजना गरेको उक्त कुस्तीका बिजेता भारतको महराजगंज मेहदावलका पहलवान मोनु यादवले प्रथम स्थान हासिल गरेका थिए । उनलाई प्रथम पुरस्कार गुरु गोरक्षनाथ धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुर्व गृहराज्य मन्त्री सांसद देवेन्द्रराज कण्डेलले नगद रु २० हजार रुपैया पुरस्कार प्रदान गरेका थिए ।
कुस्ती प्रतियोगिताका दित्तिय स्थान हासिल गरेका पहलवान भारतकै बासिन्दा प्रेमसागरलाई नगद रु १० हजार रुपैया पुरस्कार नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि समाजसेवी ब्रहमानन्द लोहारले वितरण गरेका थिए । क्लबका अध्यक्ष ऋषिकेशमणि पटेलको अध्यक्षतामा आयोजित कुस्तीमा नेपाल–भारतका कुल २० जोडीबढि पहलवानहरु सहभागि भएका थिए । मक्रर संक्रान्तीको अवसरलाई छोपी क्लबले त्यहाँ दुईदिन मेला र कुस्ती प्रतियोगिताको आयोजना गरेको थियो ।
हिन्दु श्रद्धालुहरुको धार्मिक स्थल गोरक्षनाथ मन्दिरमा पुर्व गृहराज्य मन्त्री सांसद देवेन्द्रराज कण्डेलले खिचडी चढाइई पुजाअर्चना गरि मेलाको शुभारम्भ गरेका थिए भने कुस्ती प्रतियोगिताको समाजसेवी ब्रहमानन्दले उद्दघाटन र समापन गरेका थिए । मेलाको शुभारम्भ गर्दै नेता कण्डेलले मक्ररसंक्रान्तीको सबैमा शुभकामना पनि व्यक्त गरेका थिए।
मन्दिर खिचडी चढाउने, पुजाआजा गर्ने भक्तजनहरुको भिडभाड रहेको थियो भने मेला र कुस्ती हेर्न स्थानियहरुको उत्साहपुर्ण सहभागिता रहेको क्लबका अध्यक्ष पटेलले जानकारी दिए । कुस्ती समापन कार्यक्रममा प्रमुख अतिथि समाजसेवी ब्रहमानन्दले पहलवानहरुलाई पुरस्कार दिदै उनीहरुमा कुस्ती खेल प्रति उत्साह जगाएका थिए । कार्यक्रममा गाउँपालिका वडा २ का अध्यक्ष रामनगिना सिंह, नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका सचिव जितेन्द्र कुमार गुप्ता, वडा २ का सभापति नगेन्द्र यादव, वडा ३ का सभापति मोहन गोसाई, क्षेत्रिय प्रतिनिधि सुरेन्द्र पटेल, वडा १ कार्यसमिति सचिव युवा समाजसेवी अवधेश कुर्मी, धर्मेन्द्र मौर्य सदस्य अनिल कोहार लगायतको उपस्थिती रहेको थियो ।