गुल्मी – धुर्काेट गाउँपालिकामा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियाेजना अन्तरगत धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारामा गठित विभिन्न समूह सदस्यले निर्माण गरेका २६ वटा खाेर र ५६ वटा बाख्रा काे रकम गरि जम्मा रु ६ लाख अठासी हजार पन्चानव्ये रुपैया बराबर एक कार्यक्रम बिच धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेख्रेल काे प्रमुख अातिथ्यतामा सम्पन्न भयाे।
धुर्काट गाउँपालिका ले पिपलधारामा गठित समुहमा निर्माण भएका खाेर अनुगमन गर्नकाे लागि २ वटा टाेलि मार्फत खाेर र बाख्रा अनुगमन गर्ने अध्यक्ष सहित काे टाेलि र उपाअक्ष्यक्ष सहित काे अर्काे टाेलि मार्फत अनुगमन गरि वडा कार्यालयमा रकम हस्तान्तरण कार्यक्रम मा बाेल्नुहुदै प्रमुख अतिथि धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेख्रेलले याे कार्यक्रम जुन लक्ष्यका साथ गाउँपालिकाले याे कार्यक्रम काे सुरु गरेकाे थियाे जुन लक्ष्यका साथ हामी ले उपलब्धि भएकाे महसुस गरेकाे बताउनु भयाे उहाँले भन्नुभयाे हामिले तपाईहरुलाई १० हजार अनुदान दिएर तपाईं हरु १लाख सम्म लगानि गरेर खाेर बनाउनु भएकाे छ। जुन खाेरकाे रकम उठाउनकाे लागि बाख्रा लाई व्यावस्थित गरि पाल्नु पर्छ भन्नू भयाे। उहाँले थप्नु भयाे हामी स्वस्थ बने परिवार स्वस्थ रहन्छ परिवार स्वस्थ बनेमात्र हामिले अाम्दानि गर्न सक्छाै भन्नू भयाे। उहाँले सबै दिदी बहिनिलाई अाम्दानि बढाउन शुभकामना समेत दिनुभयाे।
त्यस्तै उक्त कार्यक्रममा वाेल्दै विशेष अतिथि धुर्काेट गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नवीन जि सी ले दिदी बहिनिले अहिले याे परियाेजना मार्फत धेरै तालिम हरु लिए पछि अहिले अाफ्ना बाख्रा पाल्नका लागि अहिले अाफ्ना पशुकाे डाक्टर अाफै बनेकाे महसुस गरेकाे छु भन्नुभयाे । अहिले पर्तेक सदस्यकाे घरमा जादाँ सबैका बाख्राकाे उत्पादन बढेकाे सरसफाई भएका् देख्दा अाफुहरु खुशि भएकाे जानकारि दिनु भयाे।
उक्त कार्यक्रममा पिपलधारा सामुदायिक बाख्रा उद्यम उपभाेक्ता समिति अध्यक्ष टीका गाैतमकाे अध्यक्षता धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेख्रेलकाे प्रमुख अातिथ्यता वडा अध्यक्ष नवीन जि सीकाे विशेष अाथित्थता वडा सचिव सुर्य प्रसाद खनाल, परियाेजना संयाेजक शंकर नेपाली, प्राविधिक संयाेजक नारायण जि सी, पिपलधारा कृषि तथा पशु विकास महिला बहुउद्देश्यीय सहकारी संस्था लि अध्यक्ष कमला घर्ती क्षत्री, समूह संजाल अध्यक्ष विमला खड्का, नेपाली काग्रेस वडा सभापति धन बहादुर खड्का, सामुदायिक सहजकर्ता माया थापा, के भ चमेला वि क लगाएतकाे उपस्थिति रहेकाे कार्यक्रम समूह संजाल अध्यक्ष विमला खड्काकाे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रमकाे संचालन पिपलधारा समुदायिक बाख्रा उद्यम उपभाेक्ता समिति उपाअध्यक्ष कमला खड्काे संचालनमा सम्पन्न भएकाे थियाे।