पछिल्लो समय धेरैले प्रयोग गर्ने सामाजिक संजाल हो टिकटक । टिकटकलाई धेरैले आफू चिनाउने माध्यम पनि बनाएका छन । सबै खाले भिडियोहरु हेर्न र आफुले पनि बनाएर देखाउन पाउने भएकोले अहिले यसको प्रयोगकर्ता हरु छोटो समयमा नै अत्यधिक बढेका छन । यसै क्रममा अहिले टिकटकमा निकै भाइरस भएको छ राजु राना मगरले रुप्पि चरासगँ बनाउने गरेको भिडियो । मानिस जस्तै बोल्न सक्ने उक्त चराको भिडियो अत्याधिक दर्शकले मन पराउने गरेका छन ।
आफ्नो हजुरआमाको माइतिमा परेवाको गुडँमा भेटिएको रुप्पिको बच्चा त्यहाबाट आफ्नो एउटा सानो भाइले घरमा ल्याएको राजुले बताएका छन । रुप्पी चरा बोल्न सक्छ भन्ने आफुहरुले पहिले नै सुनेको तथा देखेको हुनाले आफुहरुले पनि त्यसलाई पालेको राजुको भनाई छ । अहिले भने उक्त रुप्पी निकै ठूलो भै सकेको छ भने मानिस जस्तै बोल्न पनि सक्छ । टिकटकमा रुप्पि राम्रोसगं बोलेको तथा मानिसले भनेको कुराहरु बुझेको हेर्न सकिन्छ ।
सुरुमा रुप्पिलाई बोन सिकाउदा भने निकै समस्या भएको राजुले बताएका छन । रुप्पिले पहिलो पटक बोल्दा आमा भात पाक्यो भनेर बोलेको राजुले बताए । अहिले बने सबै कुरा बोल्न र बुझ्न सक्ने गरेको उनको भनाई छ । त्यति आफुले रुप्पिले बोलेको त्यति धेरै स्पष्ट नबुझेता पनि आफुले भनेको रुप्पिले सबै बुझ्ने उनको भनाई छ । अन्य जंगली रुप्पिहरु घर तिर आउने गर्दा आफ्नो घरको रुप्पी पनि तिनिहरुसगैँ चारो टिप्ने बस्ने गरेको उनले बताए । तर आमाले तिनिहरुसगँ नजानु भने पछि भने आफ्नो रुप्पी घर आउने गरेको राजु बताउँछन ।
मानिसले बोलेको बुझेर नै घर छोडेर नजाने गरेको उनको भनाई छ । आफू २/४ दिन कतै गएर आउदाँ कहाँ गएर आएको भन्ने गरेको राजु बताउँछन । आफुहरु नुहाउँदा रुप्पिलाई पनि नुहाउन आइज भन्दा आएर आफै नुहाउने गरेको उनले बताए । आफुहरुले नुहाएको भएन भन्दा पानी गएर निकै बेल नुहाएर आउने उनको भनाई छ । यस्ता भिडियोहरु रुप्पिका थुप्रै टिकटकमा देख्न सकिन्छ । रुप्पिले आफुहरुले मगर भाषामा बोलेको पनि सबै बुझ्ने गरेको राजु बताउँछन ।
रुप्पिले मगर भाषा र नेपाली दुबै बुझ्ने र बोल्ने गरेको उनले बताए । आफ्नो घरमा अरु कसैको गाई बस्तु आउदा गएर तिनिहरुलाई ठुग्ने, चिच्याएर आफुहरुलाई खबर गर्ने इत्यादि गर्ने गरेको उनले बताए । जुनसुकै जीव जनावर तथा पशुपंक्षीलाई पालेर सिकाउदा सबै कुरा बुझ्न सक्ने उनले बताए । कतिपय जनावारहरु बोल्न नसके पनि सबै बुझ्ने र मानिसले भने जस्तै गर्ने गरेको हुदाँ सबै जीव जनावरहरुमा धेरै चेतना हुने गरेको र सिकाए सबै कुरा सिक्ने उनको भनाई छ ।