बुटवल :- कलाकार तथा भिडियोग्राफर शोभाखर पन्थको मृत्यु भएको छ । करिब १ दशक देखि पन्थ कलाकारिता पेशामा आबद्ध थिए ।गुल्मी छत्रकोट ३ घर भएका पन्थ हाल भने रुपन्देहीकै सैनामैनामा बसोबास गर्दै आएका थिय ।मृतक पन्थले दर्जनौ गीतमा अभिनय गरेका छन् साथै उत्तिकै म्युजिक भिडियोमा छायांकन तथा सम्पादन समेत गरेका छन् ।
बुटवलको योगिकुटीदेखी पश्चिम मगरघाटतिर जांदै गर्दा बाटोमा बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर पन्थको मृत्यु भएको प्रहरीले जनाको छ ।पन्थ सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।
यो पनि पढ्नुहोस – एक १८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० वर्षपछि पक्राउ गरेको छ । किशोरीको हत्या गरि फरार भएका साबिक पशुपतिनगर–३ का ४१ वर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । मन कुमारले २०५८ साल माघ ६ गते रोजिना राईको हत्या गरि फरार रहेका थिए ।
ईलामकै कन्यान घर भई आफ्नो माईती घर आएको समयमा खुर्र्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना को हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जानाएको छ । २०५८ साल काघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफुसंगै जान आग्रह गरेको र जान नमानेपछि जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भएले मन कुमारले रोजिनाको हत्या गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाउको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।