बुटवल – पछिल्लो समय नेपाली सांगेतिक बजारमा विभिन्न म्युजिक भिडियो सार्वजनिक भईरहदा अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश न्यौपाने अफिसियल युटुब च्यानलमार्फत “श्रद्धाञ्जली” बोलको गित सार्वजनिक भएको हो ।
गायक सुरेश रमन अधिकारी र प्रतिमा विश्वकर्माले एकैसाथ गाएको श्रद्धाञ्जली बोलको गितलाई राजेश न्यौपानेले लेखेका हुन भने संगित भर्ने काम पनि उनै संगितकार राजेश न्यौपानेले गरेका छन । गितलाई एरेन्ज विनोद बाजुरालीले गरेका छन ।
गितको भिडियोमा अभिनयका रुपमा सारिका केसी र बिनोद भण्डारीलाई देख्न सकिन्छ । गितको भिडियोलाई प्रविन घिमिरेले खिचेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका छन । जनता डिजिटल फिल्म्सले पोस्ट प्रोडक्सन गरेको छ । भिडियो हेर्नुहोस् ।