बुटवल, २७ पुस ।
पछिल्लो समयमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै जोखिम भन्दै तिलोत्तमामा आयोजना गरिएको मेला स्थगित गरिएको छ ।
तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजना तथा तिलोत्तमा उद्योग व्यापार संगठनहरुको सहआयोजनामा माघ १३ गतेदेखि २४ गते सम्म आयोजना गर्ने भनिएको व्यापार मेला अर्को सुचना नआउदा सम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार तिलोत्तमा चेम्बर अफ कमर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै मेला स्थगन गरेको हो । तेस्रो भेरिएन्ट ओमिक्रोन नेपालमा पनि देखा परिरहदा थप सतर्कता अपनाउनको लागि नेपाल सरकारले मेला महोत्सव नगर्न निर्देशन गरेवापत देशभरका मेला स्थगित भईरहेका छन । तिलोत्तमा औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव २०७८ को ७५ % काम सम्पन्न भईसकेको तथा पछिल्ला दिनहरुमा कोभिड १९ को संक्रमण दर बढीहरेको हुदा मेला स्थगित गरिएको तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुषालले जानकारी दिएका छन ।
ताजा जानकारी अनुसार ओमिक्रोन भाइरस बढीरहेको अवस्थामा आम नेपाली जनताहरु आत्तिन थालेका छन । आम जनताको स्वास्थ्यमा गम्भिर ध्यान दिदै विभिन्न स्थानिय तहहरुले विभिन्न उपायहरु अपनाउन थालेका छन ।