बुटवल, २७ पुस ।
पछिल्लो समयमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै जोखिम भन्दै बुटवल उपमहानगरपालिकाले सम्पुर्ण विद्यालयहरु बन्द गर्न निर्देशन गरेको छ ।
तेस्रो भेरिएन्ट ओमिक्रोन नेपालमा पनि देखा परिरहदा थप सतर्कताको लागि नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सुचनालाई मध्यनजर गरि सो अनुसार स्थानिय तहका सम्पुर्ण विद्यालय तथा शैक्षिक संस्थाहरुलाई निर्देशन गरेको हो ।
सोमबार नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेता पनि मंगलबार बुटवलका प्रायः सम्पुर्ण विद्यालय तथा शैक्षिक संस्थाहरु खुलेका थिए भने बुधबार देखि सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द हुनेछन ।
ताजा जानकारी अनुसार ओमिक्रोन भाइरस बढीरहेको अवस्थामा आम नेपाली जनताहरु आत्तिन थालेका छन । विद्यार्थीहरुको स्वास्थ्यमाथि गम्भीर ध्यान दिदै पौष २८ देखि माघ १५ सम्म बुटवलका सम्पुर्ण विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द हुने बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए ।