नेपालको उत्तरी मध्य भागमा पर्ने एउटा सानो अनि सुन्दर गाउँको नाम हो घान्द्रुक गाउँ । नेपालको सात प्रदेश मध्ये गण्डकी प्रदेशको कास्की जिल्लामा पर्ने आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य स्थान हो । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १० मा घान्द्रुक गाउँ पर्दछ ।
अन्नपूर्ण क्षेत्रको सबैभन्दा लोकप्रिय पदयात्रा मार्ग भएकोले सबैको मनमुटुमा बस्न सफल भएको छ । गुरुङहरूको परम्परागत पहिचान झल्काउने तथा वातावरणमैत्री बसोबास नै यस गाउँको मुख्य आकर्षण हो । साथै यहाँबाट देखिने हिम श्रीङ्खलाले गर्दा पनि सबैलाई आकर्षण गर्दछ । घान्द्रुक गाउँ समुन्द्री सतहबाट २०१२ मिटरको उचाइमा रहेको छ । घान्द्रुक आफैंमा अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल र हिमालचुलीको काख हो । एका बिहानको सुर्योदय सँगै नजिकैका हिमालहरु हेरेर मज्जा लिन सो ठाउँ पुग्नै पर्छ । विशेषगरी नेपालीपनको आभाष दिलाउने ठाउँ हो घान्द्रुक भन्दा फरकै पर्दैन ।
घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य स्थान मध्ये एक हो । पदयात्रा मन पराउने हरुका लागि उत्कृष्ट स्थानका रुपमा लिन सकिन्छ । छोटो पदयात्रा मन पराउने पदयात्रीहरूमा अन्नपूर्ण घान्द्रुक पदयात्रा लोकप्रिय छ । पोखराबाट नयाँपुलसम्मको एक घण्टाको यात्रापछि पदयात्रा सुरु हुन्छ । नयाँपुल पुगेपछि घान्द्रुकको पदयात्रा सुरु हुन्छ तर पदयात्रा गर्न नचाहानेहुका लागि पनि सडकको सुविधा छ घान्द्रुक गाउँसम्म पुग्नको लागि । जहाँ पुगेपछि स्वर्गमा पुगको अभाष दिलाउदछ ।
पदयात्रा गरेर होस या त गाडीमै गुडेर होस अन्तत: तपाईंलाई सुन्दर घान्द्रुक गाउँ यानिकी गुरुङ गाउँमा लैजान्छ। गुरुङको संस्कृति, धर्म, पेशा, चाडपर्व, वेशभूषा, खानपिन आदि बारे धेरै जानकारी दिने गुरुङ सङ्ग्रहालय छ । जहाँबाट तपाईंले गुरुङ्गको मात्र नभई नेपालीहरुको पुराना संकृति झल्कने खालका वस्तुहरुको अवलोकन गर्न पाउनुहुन्छ । घान्द्रुक गाउँमा पुगिसकेपछि तपाईंले पुरानो गाउँ घले गाउँको पनि अवलोकन गर्न सक्नुहुने छ । जुन गाउँमा पुराना घरहरु एकैनास तरिकाबाट बनाइएको छ । जसले गर्द पनि नेपालीपनको आभाष दिलाउछ । गान्द्रुक पदयात्राले तपाईंलाई ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६९९७ मिटर अग्लो माछापुच्छ्रे हिमाल तथा हिमालचुली को उत्कृष्ट दृश्य प्रस्तुत गर्दछ । जसलाई तपाईंले नजिकैबाट नियाल्न सक्नुहुने छ ।
अन्नपूर्ण क्षेत्रमा घुम्न आउने नेपाली तथा विदेशी पर्यटकका बीचमा लोकप्रिय पश्चिम नेपालको कास्की जिल्लाको घान्द्रुक गाउँलाई देशविदेशमा चिनाउनको लागि यहाँका स्थानिय बासिन्दाहरु लागि परिरहेका छन । स्थानीय पर्यटन व्यवस्थापन समितिले कोरोना संक्रमणपश्चात् विभिन्न मापदण्डअनुसार पर्यटकका लागि गाउँ घुम्ने व्यवस्था गरेको बताएको छ । यद्यपि पछिल्लो समय घान्द्रुक गाउँ घुम्न दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकहरु बढीरहेका छन । जसले गर्दा नेपाली पर्यटन उद्योग फस्टिन मद्दत पुगिरहेको छ ।