काठमाण्डौ । नेपाली सिने जगतकी चर्चित नायिका निरुता सिंह यतिबेला सामाजिक सञ्जालमा फेरी एकपटक चर्चा बटुलि रहेकी छन् । उनले बटुलेको चर्चा कुनै नयाँ फिल्ममा गरेको अभिनयबाट भने हैन । उनले नेपाली चलचित्रलाई दिएको योगदान धेरै ठूलो छ । लामो समयदेखि नेपाली फिल्म जगतमा एकक्षत्र राज गरेकी उनले कहिल्यै पनि नेपाली दर्शकको मन दुखाउने या आफुले नेगेटिभ प्रतिकृया पाउने खालको कुनैपनि काम कहिल्यैपनि गरिनन् ।
नायिका निरुता सिंह चाहे रिल लाईफमा होस् या त रियल लाईफमा नै किन नहोस् उनी सधैं दर्शकको मनमा बस्न सफल नायिका हुन् । तर पछिल्लो समयमा उनले आफ्ना बारेमा भनेको जातको विषयले नै उनलाई कन्ट्रोभर्सि बनाई दिएको छ । ३ करोड दर्शको नजरमा उनी सिंह ठकुरी हुन् भन्ने कुराले चिनिदै आएकि थिईन् । नायिका निरुताले यतिलामो समयसम्म कहिल्यैपनि आफ्नो जातको बारेमा खुलेर बोलेकी थिईनन् । तर जब बोलिन् तब अहिले आएर उनी सोशल मिडियामा कन्ट्रोभर्सि बनेकी छन् ।
कतिपयले उनले आफ्नो जातमा गर्व गरेकोमा स्याबासी दिएका छन् भने धेरैले उनलाई आजसम्म सिंह भनेर किन लेखेको त ? भनेर प्रश्न पनि गरेका छन् । नायिका निरुताले एक कार्यक्रममा आफ्नो थर सिंह लेखेको त्यो कहलिएको उच्च जातको ठकुरी नभएर कथित दलित त्यसमापनि कामी भएको बताएकी थिईन् । उनले आफ्नो कामी जातको बारेमा आफुलाई निकै नै गर्व लाग्ने पनि बताएकी थिईन् । उनले यो कुरा एक कार्यक्रम मार्फत खुलेर भनेकी थिईन् ।
नायिका निरुताले अझै पनि नेपालमा जातिय विभेद अन्त्य नभएको बताएकी हुन् । उनले नेपालका शहरी क्षेत्रमा केही हदसम्म जातीय विभेद अन्त्य भएता पनि साना गाउँघरमा र ठूला शहरमै पनि विभेदको अन्त्य हुन नसकेको बताएकी छिन् । उनले आफ्नो जातिप्रति गर्व गर्नुपर्ने पनि बताउँछिन् । उनले आफू विश्वकर्मा भएको र आफू कामी जातमै खुशी भएको उल्लेख गरिन् ।
आफ्नो अनुभव सुनाउँदै निरुता भन्छिन्,‘हामी शहरमा बस्छौँ, ठूलठूला कुरा गर्छौँ तर आज पनि गाउँघरमा र शहरमा पनि जातिय विभेद छ । अब निरुता, सिंह भनेको के हो ? तपाई ठकुरी हो ? भनेर सोध्छन् मलाई । हैन,,,,,विश्वकर्मा हो भन्छु म । म गर्वसँग भन्छु म विश्वकर्मा हो, म कामी हो ।’ निरुताले आफ्नो जातको बारेमा गर्वकासाथ भनिरहंदा उक्त कार्यक्रममा तालि बजाएर उनको भनाईलाई सलमा गरेका थिए ।