बुटवल :नेपाली गीत संगीत बजारमा आफ्नो पहिचान बनाउन सफल गयाक गायिका कुशल बेलबासे र शान्ति श्री परियारको आवाजमा अत्यन्तै मार्मिक गीत बजारमा आएको छ । कमल प्रसाद कंडेल निर्माता रहेको लोक दोहोरी गीत चिना मिलेन संगीतको डिजिटल बजारमा सार्बजनिक भएको छ ।
उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतको कमल प्रसाद कँडेलले शब्द सिर्जना गरेका छन भने श्रीकृष्ण अर्यालले लय सिर्जना गरेका छन । गीतको लय,शब्ल तथा भिडियो समेत निकै दमदार रहेको छ ।
गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट रहेको छ । म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका छन भने राजु महोतरा र सारिका केसीले अभिनय गरेका छन । करण चैसिरको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको गीतको म्युजिक भिडियो स्वाभिमान क्रियासनको अफिसियल युट्युबबाट सार्बजनिक गरिएको छ ।
हेरौ सोहि गीतको म्युजि भिडियो