बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले बेलायतको धेरै क्षेत्रमा ओमिक्रोन समुदायस्तरमा फैलिएको पुष्टि गरेका छन्। संसदमा बोल्दे उनले ओमिक्रोनको संक्रमण बेलायत र विश्वभर फैलिएको बताएका हुन्। उनले बेलायतमा यात्राको कुनै इतिहास नभएको मानिसमा पनि यसको संक्रमण देखिएको बताएका छन्।
जाभिदका अनुसार सोमबार बेलायतमा ओमिक्रोनका ३३६ संक्रमित थपिएका छन्। यसअघि आइतबार ९० ओमिक्रोन भेरियन्टसहितका नयाँ संक्रमित थपिएका छन्। जाभिदका अनुसार अहिलेसम्म ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएका मानिस अस्पतालमा भर्ना भएका छैनन्।
जाभिदका अनुसार यो भेरियन्टले मानिसलाई गम्भीर बिरामी बनाउँछ वा बनाउँदैन र अहिले प्रयोगमा रहेका खोपले यसमा कत्तिको काम गर्छ भन्ने स्पष्ट हुन सकेको छैन।