तपाई हामीले देखेको तथा भोगेको कुरा हो विवाहपछि महिलाको शरीरमा धेरै परिवर्तन आउँछ । पारिवारिक व्यवस्तताका कारण उनीहरुलाई आफ्नो शरीरलाई ध्यान दिन सक्दैनन् । जसले गर्दा उनीहरुको शरीरमा परिवर्तन आउँछन् । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।
उनीहरुको शरीर एकदमै मोटाउने तथा हिप एकदमै बढ्छ । आखिर बिहेपछि किन यस्तो हुन्छ त रु उनीहरुको नितम्ब किन फुल्छ ? एक सर्वेले के कुराले महिलाको शारीरिक स्वरूपमा परिवर्तन आउँछ ? यसको खोजी गरेको छ ।
युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको अध्ययन अनुसार महिलाको हिपमा आउने परिवर्तनको कारण खोजिएको छ । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौ न सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठुलो थियो ।
यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलार्इ गर्भवती हुँदा खासै समस्या नहुने बताइएको थियो । बिहेपछि महिलाहरु धेरै मोटाउनुको कारण पनि पत्ता लागेको छ । विभिन्न अध्यययनले विवाहपछि महिलाहरु मोटाउनुको कारण पत्ता लागेको हने । बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ ।
थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ । बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।
विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ । महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।
प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणीको रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।
बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ ।यसले तनाब बढ्छ र साथसाथै तौल पनि । मान्यतया बिहे भएको १-२ बर्षपछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।
बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहेपछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ । बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ। बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।
यो पनि पढ्नुहोस : बच्चा हुर्काउँदा आमा–बुबाको भूमिका कस्तो हुनुपर्छ? के–के कुरामा ध्यान दिने?हरेक अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले उन्नति गरून्, हरेक क्षणमा सफलता प्राप्त होओस्। तर सबैको चाहना पूरा नहुन सक्छ। कुनै बालबच्चाा हरेक कुरामा अगाडि हुन्छन् भने कुनै बालबच्चाा सबै कुरामा पछाडि हुन्छन्। आफूले चाहेजस्तो छोराछोरीको प्रगति देख्न बच्चाा हुर्काउँदादेखि नै आमाबुबाको भूमिका निकै महत्वपूर्ण रहन्छ।
आजको प्रतिस्पर्धी युगमा कुनै पनि व्यक्ति उच्च मनोबल, भावनात्मक रूपमा सबल, निडर समाजमा घुलमिल गर्न सक्ने नेतृत्व क्षमता भएको बनाउन बच्चा जन्माउँदादेखि नै आमाबुबा मानसिक रूपमा तयार छन् कि छैनन् भन्ने कुराले फरक पार्छ।हाम्रो जस्तो संस्कार भएको समाजमा बच्चा जन्माउँदा आमाबुबा मानसिक रूपमा तयार भएको पाइँदैन। कुनैकुनै समाजमा छोराछोरीमा अझै पनि विभेद हट्न सकेको छैन।
बच्चा जन्माउँदा मानसिक रूपमा तयार नहुँदा साना केटाकेटीहरू आधारभूत आवश्यकताको अभावमा हुर्कनुपर्ने हुन्छ। कहिलेकाहीँ आमाबुबाले बच्चाहरूलाई समय दिन सकेका हुँदैनन्। बच्चाहरूसँग बसेर उनीहरूका कुरा बुझ्ने समय आमाबुबासँग हुँदैन त्यसले गर्दा पनि बच्चाको सानो दिमागमा ठूलो असर परिराखेको हुन्छ।बच्चाहरूको विकास राम्रोसँग होओस् भन्ने चाहने हो आमाबुबाले साना नानीहरूलाई समय दिनुपर्छ। उनीहरूसँग बोल्दा आँखामा हेरेर कुरा गरिदिनुपर्छ। उनीहरूको कुरा सुनिदिनुपर्छ। तर, हाम्रो समाजमा आमाबुबालाई यो कुराको जानकारी छैन।हिजोआज आमाबुबाले बच्चालाई भुलाउन मोबाइल, कम्प्युटर, ट्याब, दिइहाल्ने प्रवृत्ति छ। तर निगरानी नगरी आफ्नै काम लाग्दा सम्बन्ध बिस्तारै बिग्रँदै जान्छ।
बच्चा सानो छँदासम्म यो ठिक लाग्न सक्छ तर हुर्कंदै गएपछि बच्चाको स्वाभावमा परिवर्तन आउन थाल्छ। एक्लै बस्न मन पराउने र आमाबुबासँग कुरा नगर्ने हुन सक्छ। आमाबुबामध्ये एक जना काममा व्यस्त भए पनि अर्कोले बच्चालाई समय निकाल्ने, उनीहरूसँग कुरा गर्ने, कुरा सुन्ने गर्नुपर्छ।