काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्। उनले ट्विटरमा एउटा स्टाटस लेख्दै ‘निर्मल निवासको नां’गो ह’स्त’क्षेपको भ’त्सर्ना’ गरेका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको ना’ङ्गो हस्तक्षेपको भ’त्सर्ना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह । उनले आफूले उन्मुक्ति पाएको पनि बताएका छन् ।
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँ’धेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।,’ उनले ट्विट गरेका छन् ।
पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन् ।
मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो । महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने ।
उपाध्यक्षमा कमल थापाको प्यानलै आएको छ । विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् ।महामन्त्रीमा पनि महिलातर्फ चर्चित अभिनेत्री रेखा पराजित भइन् । कमल थापा प्यानलकै कुन्ती शाही निर्वाचित भइन् । त्यसैगरी महामन्त्री निर्वाचित भुवन पाठक पनि थापा प्यानलकै हुन् ।