मंसिर :- लम्कीचुहा नगरपालिका –१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्याकाण्डको अनुसन्धानमा जुटेको प्रहरीले बुधवार दुईवटा पेस्तोल र दुई मोटरसाइकलसहित एकजना रिर्सोट सञ्चालकलाई पक्राउ गरेको छ । टीकापुरस्थित घटनास्थल नजिक रहेको सिद्धार्थ होटलबाट दुई वटा पेस्तोल बरामद गरिएको छ । होटलको कोठामा रहेको शौचालयमा लुकाएर राखेको अवस्थामा पेस्तोल पाइएको प्रहरीले जनाएको छ ।
यस्तै बर्दियास्थित रोयल एडभेन्चर रिसोर्टबाट दुई वटा मोटरसाइकल बरामद भएका छन् । उक्त रिसोर्टका सञ्चालक अतिश थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । भुपेन्द्र हत्या अनुसन्धानमा नेपाल प्रहरीको सीआइबी टोली, प्रदेश र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली खटिएको छ । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उनीहरुमध्ये १० जना पक्राउ परिसकेका छन् ।