केही समय अघि आफ्नी श्रीमती दुई छोराला कोठामै छोडेर बेपत्ता भएको भन्दै अभिषेक घतानी मिडियामा आएका थिए । आफ्ना स-साना छोराहरुको बिचल्ली भएको भन्दै उनले श्रीमतिको खोजी गरिदिन आग्रह गरेका थिए । सधै फोन तथा फेसबुक म्यासेजमा थुप्रै ब्याक्तिहरुसगँ श्रीमती बोल्ने गरेकोले अन्तै बिबाह गरेर गएको हो कि भन्ने आफुलाई शंका भएको अभिषेकले बताएका थिए । साथै आफू अब साथ दिन नसक्ने भएकोले आब देखि आफुलाई नखोज्नु भनी नोट लेखेर श्रीमती हिडेको उनले बताएका थिए ।
उनी मिडिया आएको केही समय पछि भने उनकी श्रीमती अहिले फर्केर आएकी छिन । कैलालीबाट श्रीमतिलाई लिएर आएको अभिषेकले बताए । अहिले उनिहरु काठमाडौमा बस्दै आएका छन । उनकी श्रीमतिले भने आफू बिबाह गरेर नगएको बताएकी छिन । श्रीमानसगँ झगडा भएको कारणले आफुले घर छोडेर हिडेको उनले बताईन । झगडा गर्ने कहिलेकाहीँ कुटपिट पनि गर्ने भएकोले आफू हिडेको उनले बताईन । तर छोडेर हिडे पनि छोराछोरीको माया भने भै रहेकोले नै अहिले आएको बताईन ।
आफुले अर्कैसगँ बिबाह भने नगरेको बताईन । आफू त्यो बेला ईन्डिया जान भनी हिडेको तर बाटोमै पैसा हराए पछि भने कैलालीको एक घरमा बसेको उनले बताईन । आफू पिसाब फेर्न भनी गाडिबाट झरेको बेला ढिलो भएकोले गाडी पनि छुटेकोले गर्दा आफू त्यही बसिरहेको अवस्थामा एक जना महिलाले आफुलाई घर लिएर गएर जहिले तिम्रो पैसा आउँछ त्यही बेला घर जानू भनी त्यही राखेको बताईन । श्रीमानले धेरै शंका भने गर्ने गरेको र त्यही निहुमा झगडा हुने गरेको उनले बताईन ।
आफू १४ वर्षकै उमेरमा प्रेम बिबाह गरेर आइ दुई वटा छोरा भै सक्दा पनि त्यसरी हिड्ने भए पहिले नै हिड्ने उनले बताईन । आफू त्यसरी अर्कैसगँ नहिडेको उनको भनाई छ । अहिले भन्दा पनि पहिले श्रीमानले धेरै संका गर्ने गरेको उनले बताईन । तर त्यस बेला पनि सगै बसेको मान्छे अहिले अरुसगँ कसरी हिड्नु र भन्ने उनको भनाई छ । आफू अहिले पनि मिडियामा आएको भिडियो हेरेर फर्के न आएको उनले बताईन । घर छोडेर गए पनि छोराहरु र श्रीमानको माया भने भएको बताईन ।
आफू कैलालीमा हुदा पनि श्रीमानसगँ सम्पर्क भएको तर आफू पैसा नभएकोले आउन नसकेको बताईन । केही दिन पछि मात्र आफुलाई दिदिले भिडियो आएको कुरा बताएको उनको भनाई छ । अब भने आफुहरु मिलेर बस्ने उनिहरुले बताएका छन । अभिषेकले पनि आफुले सानै उमेरमा लिएर आएको र अहिले उस्को बाबू आमा पनि नभएकोले गर्दा आफुले छोड्न नसकेको बताए । तर त्यसरी अरु सगै बोल्न भने छोड्नु पर्ने उनको भनाई छ । उता अभिषेककी श्रीमतिले पनि आफू मिलेर बस्न नै आएको बताईन ।