काठमाडौं । प्रहरीले १३ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर घर भएका गोविन्द सिंह विष्ट रहेका छन्।
विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो। विष्टमाथि कार्तिक ३० गते कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीको ब,’लात्कार गरेको आरोप छ। उनले रामेछाप घर भएकी बा’लिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएर ब,’लात्कार गरेको प्रहरीले जानकाकरी दिएको छ।
३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक ग’णमा कार्यरत छन्। उनी अहिले भक्तपुरको नगरकोटमा ता’लिम गरिरहेका थिए। बुधवार पक्राउ गरेर सैनिक हवल्दारलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। किशोरीले उनीवि’रुद्ध ब,’लात्कारको उ’जुरी दिएकी थिइन्।
किशोरीलाई कोटेश्वरको आयुषा होटलमा राखेर रातभर बलात्कार गरेर विक्षिप्त अवस्थामा छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले जानकारी दिए।