काठमाडौं। सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठ’क्क’र दिँ’दा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दि’ए’को इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो ।
बसको ठ’क्क’रबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तो’ड’फो’ड ग’रे’का छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् । शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।