पार्टीको महाविधेशनअन्तर्गत आज (सोमबार) देशभर क्षेत्रीय अधिवेशन सुरु हुँदै गर्दा नेपाली कांग्रेसका नेता गगन थापाले अधिवेशन प्रतिनिधिहरूलाई अपिल जारी गरेका छन्।
आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदका लागि दाबेदार थापाले सोमबार बिहान अपिल जारी गर्र्दै पार्टीको नवनिर्माणका लागि संकल्प र विवेकसम्मत निर्णय गर्न क्षेत्रीय प्रतिनिधिहरूलाई आह्वान गरेका हुन्।
आज सही नेतृत्व चयन गरे मात्रै चीरकालसम्म जय नेपाल भन्दा गर्व गर्न सक्ने स्थिति बन्ने उनले उल्लेख गरेका छन्।