मंसिर ५- त्रियुगा नगरपालिकाकाका मेयर वलदेव चौधरीको छोरा मनोज छौधरीको आईतबार अन्तिम संस्कार गरिने भएको छ । चौधरीको पोष्टमार्टम पछि अन्यष्टी गरिने भएको पारिवारिक श्रोतले जनाएको छ । उनको थारु संस्कार अनुसार बिहान अन्यष्टीको तयारी भईरहेको परिवारले जनाएको छ ।
मेयर चौधरीको अन्तिम संस्कारको दिन त्रियुगा नगर क्षेत्रमा एक दिन सार्वजानिक विदा गरिएको छ ।
नगरको सम्पूर्ण सरकारी तथा अन्य कामहरु आज संञ्चालन नहुने गरी सार्वजानिक विदा गरिएको हो । चौधरीको शनिवार पिकनिक खाने क्रममा चौदण्डीगढी नगरपालिकाको देवधार खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।