कपिलवस्तु , मंसिर ३ – जनकपुर (रुपैठा ) तथा (इनरुवा) मा छठ पर्वकाे दिन हिन्दु समाज माथि गरिएको ज्यादती विरुद्ध प्रति कपिलवस्तुमा हिन्दु युवा शक्ति कपिलवस्तु र श्री महाकाल सामाजिक संस्था कपिलवस्तु काे संयुक्त अायाेजना मा बृहत र्याली एवम् विरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दुहरु का महान चाडपर्व छठ पर्व काे दिन जनकपुर (रुपैठा ) तथा (इनरुवा) भन्ने ठाउँमा हिन्दु र मुस्लिम समुदाय वीच झडप भएको हाे । जस मा प्रदेश नं २ का मुख्यमन्त्री महाेमद लाल बाबू राउतले गरेको जातिया विभेद प्रति हिन्दु युवा शक्ति कपिलवस्तु र श्री महाकाल सामाजिक संस्था कपिलवस्तु ले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हाे ।
दुवै संगठन संयुक्त अायाेजना मा जिल्ला काे कृष्णनगर नगरपालिकाकाे गाेलघर मा जिल्ला काे विभिन्न ठाउँ बाट ठुलो संख्यामा बृहत र्याली कार्यक्रम मा नेपालीको झण्डा , हिन्दु धर्मकाे झण्डा , मुस्लिम अायाेग खारेज गर , मुख्यमन्त्री राउत राजीनामा देए , हिन्दु हिन्दु एक हाेअाै , नेपाललाई हिन्दु राष्ट्र घाेषण गर , शमीम मिया अन्सारी मुर्दाबाद र हिन्दु माथिकाे अत्याचार बन्द गर , हिन्दु हेप्न पाइदैन भन्ने नारा का साथ विरोध कार्यक्रम भएको हाे ।
कपिलवस्तु जिल्ला मा हिन्दु धर्मावलम्बीहरुकाे दुर्गा पुजा , लक्ष्मी पुजा मा प्रशासन द्वारा धेरै किसिमको नियम कानुन लागु हुन्छ तर मुस्लिमहरु काे चाडपर्वहरु मा किन प्रशासनले राेक लगाउदैन किन ? दुर्गा पुजा र लक्ष्मी पुजामा राेक लगाएको बेलामा हिन्दु युवा शक्ति कपिलवस्तु ले पुर्ण रुपमा अाफ्नाे शक्ति लगाएको थियो । सम्पूर्ण हिन्दुहरुलाई घरबाट बहिरा निकल्न काे लागि हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले अग्रह समेत गर्नु भयो । जनकपुर काे रुपैठा तथा कलैया काे इनरुवा मा हिन्दु माथि प्रदेश नं २ का मुख्यमन्त्री महाेमद लाल बाबु राउत ले हिन्दु माथि अत्याचार गरेका छन । किन हिन्दु माथि पटक पटक दुर्ववहार भइरहेकाे हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष पाण्डेय काे सरकार संग प्रश्न रहेको छ ।
कार्यक्रममा श्री महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा ले हिन्दु धर्मको बारेमा बाेल्नकाे लागि समय छैन कसै संग तर राजनीति पार्टीको कार्यक्रममा जान काे लागि समय छ । एक दिन यस्तो समय अाउछ कि हिन्दुहरुलाई मुस्लिमहरुले अाफु अनुसार काम गराउने छन । अहिले प्रदेश नं २ मा यस्तो घटना भएको छ तर कुन समय यस्तो अाउछ कि कपिलवस्तु मा पनि त्यहा भन्दा ठुलो घटना हुन सक्नेछ ।
उक्त कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तु का महासचिव विवेक तिवारी , महाकाल का महासचिव जितेन्द्र माेर्या , सचिव अभिषेकमणि यादव , प्रवक्ता अनिल तिवारी , माेतीलाल मिश्रा , मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा , बुद्धभुमि का अध्यक्ष संदिप पाैडेल , कृष्णनगर का अध्यक्ष विकास चतुर्वेती , महाकाल का क्षेतिय अध्यक्ष सुनील कुमार शुक्ला , समाजसेवी , बुद्धिजीवी , पत्रकार र सुरक्षाकर्मी लगायत दुवै संस्था का सदस्यहरु काे सहभागीता रहेको थियो ।