काठमाडौं :- मानव बेचबिखन तथा ओ सारपसा रमा संलग्न रहेको अभियोगमा काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्या वृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोबारपाक सुलिकोट गाउँपालिका-३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका-६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका-५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका-४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई प,क्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।
उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबर जस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्या वृत्तिमा लगाएका थिए। पछि उनीहरुबीच झ गडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पी डित महिला उजुरी गर्न पुगेकी थिइन्।
प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको उनले बताए। प्रहरीका अनुसार मानव बेच बि खन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।