काठमाडौ । धादिङको ज्वालामुखी गाउँपालिका घर भएका राम बहादुर आचार्य ५ वर्ष कोरिया बसेर नेपाल फर्केका थिए । उनी बाँसबारीस्थित मेनपावर कार्यालयमा दिनहुँ आउने जाने गर्थे । त्यी बेलाको समय सदुपयोग गर्न आचार्यले आफ्नो स्कूटर पठाओमा दर्ता गराएका थिए । प्रदेश ३–०२–०१४प ७४६३ नम्बरको स्कुटरका राइडर उनै आचार्यको काठमाडौको कलंकीमा मंगलवार भएको दुर्घटनामा मृत्यु भयो ।
सीता पेट्रोलपम्प नजिकै प्रदेश–३–०१–००५ख ९३०० नम्बरको बसले गलत तर्फबाट स्कुटरलाई ओभरटेक गर्दा दुर्घटना भयो । दुर्घटनामा आचार्य सहित उनको स्कूटरमा बसेका यात्रुको पनि मृत्यु भयो । कलंकीस्थित खसी बजारमा बसको ठ क्क रबाट पठाओ राइडर ३५ वर्षीय राम बहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादव कुमार साहको मृत्यु भएको हो ।
काठमाडौमा पठाओ संचालनमा आएपछि दुर्घटनामा कसैको मृत्यु भएको यो पहिलो घटना हो । अब पठाओ प्रयोग गर्दा भएको दुर्घटनामा मृत्यु भएका परिवारले क्षतीपुर्ती पाउने की नपाउने भन्ने विषयमा प्रश्न उठेको छ । बन्दको समयमा आफ्नै रिस्कमा बस संचालन गरेको भन्दै यातायात ब्यवसायीहरुले क्षतीपुर्ती दिन आनाकानी गरेको पी डित पक्षले बताएका छन् । यता राइडर र यात्रु दुवैको बीमा गरिएको जानकारी दिँदै नेपालस्थित पठाओ कार्यालयकी मार्केटिङ मेनेजर सुरक्षा हमालले क्षतीपुर्ती दिनेबारे छलफल भइरहेको बताएकी छन् ।
उनले मृत्यु भएकाहरुका लागि ५ लाखको बिमा गरिएको र घाइतेको लागि १ लाखको बिमा भएको बताएकी छन् । सोही अनुसारको क्षतीपुर्तीवारे छलफल भएको उनको भनाई छ । ओम जनता यातायात प्रालिमा आवद्ध बसका चालक सुमन कार्कीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । ओम यातायात प्रालीले भने क्षतीपुर्ती दिने विषयमा आनाकानी गरेको पी डित को भनाई छ ।