काठमाडौँ-काठमाडौँको कलंकीमा मंगलबार साँझ भएको दुर्घटनामा पठाओ चालक र यात्रुको मुत्यु भएको छ। बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो।
प्रहरीकाअनुसार मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी २ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार यात्रु बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह रहेका छन्।
बेलुका पौने ५ बजे कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो।
प्रत्यक्षदर्शिहरुले भने रुटमा चल्ने बसको अस्वस्थ होडबाजीका कारण तिब्रगतिमा रहेको गाडीले ठक्कर दिँदा स्कुटरमा सवार चालक र यात्रु गंभिर घाइते भएका थिए।
बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो । बससहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।