कार्तिक ३०- मोरङमा नाईटबसले ठक्कर दिदाँ एक जना ७ वर्षीय बालकको अकालमै ज्यान गएको छ । जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ जय चोक स्थित राजमार्गमा बसको ठक्करबाट सो बालकले अकालमै ज्यान गुमाएको हो ।
आज बिहान साढे ७ बजे प्रदेश–३–००१ ख २०० नम्बरको काठमाडौबाट आएको नाईट बसले बालक आमासंग बाटो काट्ने गर्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट बेलबारी नगरपालिका–४ बस्ने भावना अचार्यको ७ बर्षीय छोरा बिवस आचार्यको ज्यान गएको छ ।
बसको ठक्करबाट गम्भिर घाईते भएका बालकको उपचारको लागी पथरी अस्पतालमा पुर्याउन साथ उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुर्घटना गराई फरार रहेको बसलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चालक भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु थापा सहितलाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।