काठमाडौ :- महत्वकांक्षी योजना लिएर चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम थालेका धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अन्तत रंगशालाको कामवाट हात झिक्नुपर्ने अवस्था आएको छ । ठूलो लगानीमा रंगशालाको काम थालेका उनीहरुले अब सो रंगशालाको जिम्मा लिन सरकारलाई आग्रह गरेका छन् ।
ऋण डुवेको र आर्थिक सहयोग गर्न भन्दै बाचा गरेकाहरुले समेत पैसा नदिएको भन्दै उनीहरुले निर्माण कार्य रोकेका छन् । आर्थिक समस्या परेका कारण रंगशाला निर्माणको काम करिब चार महिना यता बन्द भएको छ । लामो समय निर्माण कार्य बन्द गरेर बसेका धुर्मुसले अब सरकारलाई अपनत्व लिन आग्रह गरेका छन् ।
फाउण्डेसनको आधिकारिक फेसबुक पेजमार्फत् मंगलबार सार्वजनिक गरिएको एक भिडिओमा धुर्मुसले सरकारी निकायले निर्माण कार्यमा सहयोग नगरेको गुनासो गरेका छन्। ुराष्ट्रको रंगशाला निर्माणका लागि सहयोग गरिदिनुपर्यो भनेर हरेक स्थानीय निकाय, प्रदेश सरकारदेखि सिंहदरबारसम्म धाइयो तर सोचेजस्तो सहयोग पाइएन,ु धुर्मुसले भनेका छन्।
उनले रंगशाला निर्माणका क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको बताएका छन्। यति धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेका छौं उनले भनेका छन्, ऋण लिएका व्यवसायीहरूको तारन्तार फोन आउँछ। कहिले दिन्छस् पैसा भन्छन्। कुनै कम्पनी त बन्द हुने अवस्थामा पुगेछन्।’कोरोना महामारी, लकडाउन, चाडपर्वको समयमा पनि दिन रात खटेर रंगशाला निर्माणमा लागेको भन्दै उनले पछिल्ला दिनमा आर्थिक समस्या परेको बताए।