भक्तपुर, ३० कात्तिक । आज (मंगलबार) बिहान भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।सिन्धुपाल्चोक स्थायी घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बिहान ४ः१५ भएको दुर्घटनामा बजे बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।उनको उपचारको क्रममा मध्यपुरठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।