• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १६, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ३ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ३ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      ३ दिन अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      ३ दिन अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      ४ दिन अघि

      अज्ञात श्रीमान् ज्यू !

      ४ दिन अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      ४ दिन अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      ५ दिन अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      १ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      २ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १६, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    फेरि बन्द भयो चालक अनुमतिपत्रको अनलाइन आवेदन

  • बुटवल दैनिक
  • २०७८ कार्तिक ३०, मंगलबार (२ साल अघि)
  • ५१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं : सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले बन्द गरिएको जनाएको छ। विभागका अनुसार अनलाइन सेवा आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ।

    फेसबुकमा पछ्याउनुहोस्

    प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्।कोभिड-१९ कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो। बीचमा अत्यधिक चापका कारण बन्द भएको थियो। सवारी चालक अनुमतिपत्र वितरणमा चरम लापरबाही भइरहेको गुनासो बढेपछि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले थप मापदण्ड बनाएर कडाइ गर्ने भएको छ ।

    त्यस्तै, सेवाग्राहीको गुनासो सम्बोधन गर्न यातायात व्यवस्था तथा सवारी चालक अनुमतिपत्र कार्यालयको सेवामा उल्लेख्य सुधार ल्याउनुपर्ने भएकाले मन्त्रालयले थप मापदण्ड बनाएको हो । यातायात व्यवस्था तथा सवारी चालक अनुमतिपत्र कार्यालयबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त भए नभएको निगरानी गर्ने र कुनै कमजोरी भएको पाइए कारबाही गर्ने मन्त्रालयले जनाएको हो ।

    “खुलेयाम पैसा लिएर लाइसेन्स वितरण गरेको भन्ने सवाग्राहीबाट गुनासो आएको छ, गुनासो धेरै आएपछि कार्यालयलाई स्पष्टीकरणसमेत सोधिएको छ । कर्मचारीको कमजोरी भेटिए तत्कालै कारबाही गर्छौं”, मन्त्रालयका सचिव कुमारप्रसाद दाहालले भन्नुभयो ।मन्त्रालय मातहतका कुनै पनि निकायबाट भ्रष्टाचार तथा अनियमितता भएको भए कसैलाई बाँकी नराख्ने उहाँको भनाइ थियो । “ मन्त्रालय तथा मातहतका निकायका सेवामा कुनै गुनासो भए सिधै मलाई सम्पर्क गर्नुस् दुई घण्टाभित्रै कारबाही हुन्छ”, सचिव दाहालले भन्नुभयो ।

    कार्यालयका कर्मचारीले सवारी चालक अनुमतिपत्र दिँदा आर्थिक चलखेल गरेको गुनासो धेरै आएपछि मन्त्रालयले कडाइ गरेको हो । सेवाग्राहीको गुनासोपछि मन्त्रालयले कार्यालयलाई दुईपटक स्पष्टीकरण सोधिसके पनि अझै जवाफ आएको छैन ।मन्त्रालयले आर्थिक अनियमितता अन्त्यका लागि कर्मचारीलाई सचेत बनाउने मात्र नभई नयाँ मापदण्ड बनाउने तयारी पनि गरेको छ । सवारी चालक अनुमतिपत्रका लागि परीक्षा दिने क्रममा कुनै अनियमितता नहोस् भनेर डिजिटल ट्रायल सेन्टर निर्माणको प्रक्रिया सुरु गरिएको छ । रुपन्देहीको बेलबासमा निर्माणाधीन ट्रायल सेन्टरमा डिजिटल ट्रायल सेन्टर निर्माणको प्रक्रिया थालिएको हो ।

    ट्रायल सेन्टर निर्माणका लागि अहिले परामर्शदाता छनोटको काम भइरहेको छ । कार्यालय सुधारको प्रयास भइरहेको बताउँदै मन्त्रालयका उपसचिव तारा ज्ञवालीले डिजिटल ट्रायल सेन्टरमा परीक्षा सञ्चालन गर्नेबित्तिकै सेवाग्राहीका गुनासो कम हुने विश्वास व्यक्त गर्नुभयो । आजैदेखि ट्रायल सेन्टरमा निगरानीका लागि मन्त्रालयको प्रतिनिधि पठाइएको छ ।“डिजिटल ट्रायल सेन्टर बनेपछि सवारी अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा दिनेमध्र्ये पासलाई फेल र फेललाई पास गर्न मिल्दैन जसले गर्दा धेरैजसो समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो ।

    कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिँदा दिँदा आर्थिक चलखेल हुने गरेको गुनासो पुरानै हो । यसको समाधान अझै हुन सकेको छैन । सेवाग्राही सचेत नहुँदा कार्यालय बाहिरै ठगिएर आउने गरेको कार्यालयको भनाइ छ ।“सेवाग्राही विचौलियाबाट ठगिनुहुन्छ अनि दोष कार्यालयलाई आउँछ”, यदी कार्यालयका कर्मचारीबाट कमजोरी भए तत्कालै कारबाही हुन्छ”, कार्यालयका प्रमुख तेजनारायण यादवले भन्नुभयो । हिजोमात्रै बुटवलको एक ड्राइभिङ सेन्टरले आवदेन भर्दामात्रै रु पाँच हजार लिएको गुनासो सेवाग्राहीले गरेपछि पैसा फिर्ता गर्न लगाइएको उहाँले बताउनुभयो । “समस्या कार्यालयबाट भएको होइन विचौलियाका कारण भएको हो । कार्यालयमा निःशुल्क हुने काम बाहिर पैसा तिरेर आउँछन् । यसमा सेवाग्राही नै सचेत हुनुपर्छ”, प्रमुख यादवले जोड दिनुभयो ।

    पछिल्लो समय सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन यातायात व्यवस्था विभागमार्फत ३५ हजार सेवाग्राही टोकन लिएर बसेको कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्रका विषयमा धेरै प्रश्न उठेपछि मन्त्रालयले आजदेखि ट्रायल सेन्टरमा निगरानीका लागि प्रतिनिधि पठाएको छ । लिखित तथा प्रयोगात्मक परीक्षाको निगरानी गरेर सेवामा सुधार ल्याउने मन्त्रालयको योजना छ ।

    मन्त्रालयले वार्षिक कार्यतालिका तालिका बनाएर यातायात क्षेत्र सुधार तथा व्यवस्थापनका लागि कार्यक्रम र बजेट तय गरेकोे छ । मन्त्रालयका अनुसार यातायात क्षेत्रको सुधारका लागि विभिन्न जिल्लामा रहेका यातायात व्यवस्था सेवा कार्यालयलाई व्यवस्थित गरी कम्प्युटरमार्फत सबै प्रकारका अभिलेख व्यवस्थापन गर्ने कामको सुरुआत गरिएको छ । आर्थिक वर्ष ०७८÷७९ मा नवलपरासी र कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको छ भने यातायात व्यवस्था सेवा कार्यालय पाल्पामा ट्रायल सेन्टर निर्माण गरी सेवा प्रारम्भ गरिएको छ ।

    यस्तै चालक सचेतना अभिवृद्धि कार्यक्रम र सवारी दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि पनि छुट्टै बजेट विनियोजन गरि कार्ययोजना बनाइएको छ । मन्त्रालयअन्तर्गत बुटवल, नेपालगञ्ज र दाङमा सवारी यातायात व्यवस्था कार्यालय, बुटवलमा सवारी चालक अनुमतिपत्र कार्यालय र भैरहवा, पाल्पा र प्युठानको भालुवाङमा यातायात व्यवस्था सेवा कार्यालय छन् । यातायात कार्यालयबाट वार्षिकरुपमा करिब रु पाँच अर्ब राजस्व सङ्कलन हुने गरेको छ तर यी कार्यालयबाट भएका सेवा प्रवाहबाट सेवाग्राही सन्तुष्ट छैनन् । नागरिकलाई गुनासोरहित सेवा प्रवाह गर्न यातायात व्यवस्थापनका क्षेत्रमा उल्लेख्य सुधारको खाँचो रहेको उपसचिव ज्ञवालीको भनाइ थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑