बुटवल :- पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानै देखि परेको छ। सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको बिरोधमा बन्द आव्हन गरेको हो ।
बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् । निजि सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् भने सार्वजनिक कुनै सवारी साधन चलेका छैनन् । रात्री कालिन समयमा छुटेका बसहरु भने आउने जाने गरेको देख्न सकिन्छ ।यस पटक भने बिगतमा जस्तो बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन् ।
यता अत्यवश्यक बस्तु मानिएका पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता माग राखिएकाले जनताले बन्द सफल पार्ने पार्टिले बताएको छ । जनताका मागकै आधारमा बन्द आव्हन गरिएको जनाएको छ ।