वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रही बाथरुममा मृत फेला परेकी नेपाली महिलाको पहिचान खुलेको छ ।
कुवेतको फरवानियास्थित एक घरको बाथरुममा मृत फेला परेकी ३२ वर्षीया ती नेपाली महिला लमजुङकी मनमाया गुरुङ रहेको बताइएको छ।
कुवेत प्रहरीका अनुसार गुरुङले आफू बस्ने घरमा आफ्नै घाँ’टी रे’टे’र दे’ह’त्या’ग ग’रे’को जनाएको छ । मृतक गुरुङ गत बुधवार बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी थिइन ।
घरमा सबै जना सुतेको मौका छोपेर रातिको करिब ३ बजेको समयमा उनले दे’ह’त्या’ग ग’रे’को सक्ने बताइएको छ । पछिल्लो समय उनी लामो समय देखि कम्पनीले तलब नदिएको गैर कानुनी रूपमा काम गर्दै आएकी थिइन् ।
उनको मृत्यु बारे कुवेतस्थित नेपाली दूतावासमा जानकारी आइसकेको जनाउँदै आवश्यक समन्वय तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो नेपाल पठाइने दूतावास स्रोतले जनाएको छ ।