काठमान्डौ:- जन्मेको एक बर्षसम्म त ठिकै थिए हिमागिरिको छोरा त्यस्पछि शरीर सुन्निन थाल्यो ,हस्पिटल कुदाउन थालियो ।नौ बर्षकि बहिनी आफ्नो भाईलाई हेरेर काखमा राखि अङ्गालोमा बाधेर बसिरहेकि थिइन् ।उनी हामिलाई देख्ने बित्तिकै एक्कासि डाको छोडेर रुन थालिन् ।
आफ्नो भाईलाई बचाइदिन अपिल गर्दै उनी एकदमै भावुक भइन् ।भाइ एकदमै ठूलो भएको हेर्ने चाहा राख्ने नौ बर्षिय दिदिले भाईले आफुलाइ पनि अत्यधिक माया गर्ने बताइन् ।भाईलाई जहाँ जादा पनि आफू सगै लैजान्छु भाईसग एक्छिन् पनि छुट्टिन चाहादिन ,मेरो भाइ मुटुको टुक्रा हो भन्दै बहिनि धुरुधुरु रुन थालिन् ।
नौ बर्षिय बहिनी आफ्नो भाईलाई जोगाउन निको पार्न डाक्टर बन्ने सपना देख्छिन् ।आमा भन्छिन् छोराछोरी नभएर मान्छेले कति धेरै तिर्थ व्रत गर्छन् आफ्नो भने सन्तान हुदापनि बचाउन नसक्ने भइयो भन्दै आमा भावुक हुनुभयो ।मेरो यो एउटा छोरो बचाइदिए म अरुको घरमा गोठालो गर्न पनि तयार छु आमा बताउँछिन् ।