परम अर्याल -सरकारले पछिल्लो समयमा पटक पटक पेट्रोलियम पदार्थ र ग्यासमा गरेको मुल्य बृद्विकाे बिराेधमा प्रतिपक्षमा रहेका विभिन्न राजनैतिक दल र तिनका भातृ संगठनले विज्ञप्ति जारी गर्दै सरकारकाे चर्काे आलोचना गर्दै आईरहेका छन । नेपाल आयल निगमले विभिन्न बहाना देखाउदै पटकपटक मुल्य बृद्वि गरिनुले आम रूपमा सर्वसाधारण जनताको दैनिकीमा समेत असर पर्न थालेको छ।
अत्यावश्यक बस्तु काे चर्काे मूल्य तिर्नुपर्ने बाध्यताका कारणबाट राेजगारी नभएका र विशेष गरि उच्च शिक्षा का लागि गाउँ देखि शहरमा काेठा भाडामा लिई बस्ने तमाम विधार्थीहरूले कष्टकर जीवन यापन गर्नुपरेकाे भन्दै एमाले निकट विद्यार्थी संगठनले वुटवल बहुमुखी क्याम्पस अगाडि आधा घण्टा नारावाजी गर्दै चक्काजाम समेत गरेको थियो ।
त्यस्तै गरि नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत रूपन्देही काे वेल्वासमा मुल्य बृद्विकाे विराेध गर्दै १ घण्टा चक्काजाम गरेको छ। बैज्ञानिक समाजवादकाे नारा बाेकेकाे र संसदीय व्यवस्था काे विराेध गर्दै आईरहेकाे याे पार्टिले सरकार विरूद्व चरण बद्व आन्दोलन काे घाेषणा गर्दै आफ्ना विराेध कार्यक्रम संचालन गर्दै सरकारले सर्वसाधारण जनताकाे ढाड सेक्ने काम गरेको वताएकाे छ।
महासचिव द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ मुल्य बृद्विका विरूद्वमा शशक्त प्रतिराेध संङघर्ष गर्दै कार्तिक ३० गते नेपाल बन्द काे घाेषणा समेत गरेको छ।