कैलाली धनगढीकि कोमल अहिले उमेरले २४ वर्ष पुगेकि छिन् ।उनी कैलालीबाट काठमाडौ आएको लगभग ५ वर्ष भयो ।आफ्नो पढाईसंगै मोडल बन्न भनेर उनी राजधानी छिरेकी थिइन् ।ब्याचलर दोस्रो वर्षमा पढिरहेकी उनी आफुले मोडलिङमा राम्रो अवसर नपाएको बताउछिन् ।
तर अहिले सामाजिक संजाल टिकटकमा भने उनको निकै चर्चा छ ।कोमल उनको नाच र अभिनयले गर्दा अहिले निकै चर्चामा रहेकी छिन् ।उनलाई सबैले राम्री,हसिली र राम्रो कलाकारको रुपमा हेर्दै आएका छन् ।
नाचमा रमाउने उनले यसपटक भने अभिनयको रोल पाएकी छिन । टिकटकबाट सुरु भएको उनको यो यात्रा अहिले यस्तो अबस्थामा आइसकेको छ । यसका साथै कोमलको लागि अर्को पनि खुसिको खबर थपिएको छ उनले थप एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी छिन । महेन्द्र राज बराल नाम गरेका उनले कोमललाई एउटा भिडियोमा खेल्ने मौला दिएका छन
यसका साथै कोमलले नेपालका लोक प्रिय गायक प्रकाश सपुतसग सङै काम गर्ने मौका पाएकीछिन जुन उनको लागि निकै नै ठुलो उपल ब्धिको कुरा हो । महेन्द्र बरालले एकचोटि गीत गाएर पनि सुनाए ।