• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

      ११ मिनेट अघि

      संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

      २४ मिनेट अघि

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      १ घण्टा अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      १ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ३ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ३ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ४ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ४ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ५ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ६ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ६ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ६ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ७ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ८ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ८ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    जसको योजनामा मारिए उनैलाई भुपेन्द्रले भनेका थिए– मामा अब म गलत काम गर्दिन

  • बुटवल दैनिक
  • २०७८ कार्तिक २७, शनिबार (६ महिना अघि)
  • २३९४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं :- कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या अनुसन्धान जारी छ । ह’त्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् ।यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    मंगलबार राति टीकापुरमा उनको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नवीन हाल फरार छन् । नवीन टिकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

    प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रबाट आफूहरुको सूचना चुहिने डरले नवीनको समूहले उनको ह’त्या योजना बनाएको हुनसक्ने प्रहरी आशंका छ ।

    यस्तो छ ह’त्या अगाडिको अन्तरकथा
    काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं आएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा थिए ।

    प्रहरीका अनुसार टिकापुर–लम्की क्षेत्रमा ५/७ ओटा गुण्डा समूह सक्रिय छ । गुण्डा समूहमध्ये सबैभन्दा ठूलो समूहको नेतृत्त्व गरेका थिए नवीन रावलले । भपुेन्द्र पनि यसअघि गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।एक÷डेढ महिनाअघि लम्कीस्थित एक रिसोर्टमा नवीनले भुपेन्द्रलाई भेट्न बोलाएको देखिएको अनुसन्धानमा सलग्न एक अधिकारीले बताए ।

    उनले भने, “त्यहाँ नवीनले भुपेन्द्रलाई आफ्नो ग्याङमा समाहित हुन आग्रह गरेका रहेछन् । तर, भुपेन्द्रले आफू अमेरिका जाने तयारीमा रहेकाले अब गलत काम गर्दिँन भन्दै प्रतिवाद गरेका रहेछन् । भुपेन्द्रलाई नवीनले आफ्नो समूहका बारेमा धेरै कुरा भनेकाले सूचना चुहिन्छ भन्ने डरले उनको ह’त्या भयो कि भन्ने आशंका हामीलाई छ ।”

    भुपेन्द्रले नवीनलाई मामा भन्ने गरेको पाइएको छ । उनीहरु गाउँले नातामा मामा–भाञ्जा पर्ने गरेको देखिएको छ । भुपेन्द्र र नवीनको समूहबीच विगतमा केही विवाद रहेको पनि प्रहरी अनुसन्धानले देखाएको छ ।

    ह’त्याको अर्को कारण कपिल श्रेष्ठ हुनसक्ने प्रहरी आशंका छ । काठमाडौंमा बस्दै आएका कपिल श्रेष्ठ केही दिनअघि टिकापुर पुगेका थिए । नवीनको समूहले कपिल आएको सूचना पाएको थियो । एक प्रहरी अधिकारीले भने, “कपिललाई नवीनको समूहले खोजिरहेको थियो । उनीहरुबीच ठूलै दुश्मनी थियो। कपिल र नवीन फरक फरक समूहमा रहेर गु’ण्डाग’र्दीमा संलग्न रहँदै आएको खुलेको छ ।”

    ह’त्या हुनुअघि भुपेन्द्रलाई कपिल श्रेष्ठले २७ पटक फोन कल गरेको देखिएको छ । फोन कलमा उनले बडुवाललाई जसरी पनि भेट्न आउनु भनेर आग्रह गरेको पाइएको छ । कपिलले आफूलाई खतरा रहेको बताएपछि भुपेन्द्र साथी दिपेश न्यौपानेसँग उनलाई भेट्न जान लागेका थिए । तर, बाटोमै नवीनको समूहले भुपेन्द्रमाथि आ’क्रमण गर्यो । त्यतीबेला कपिल पनि केही टाढा मात्रै रहेको र आ’क्रमण गर्न लागेको देखेपछि उनी भागेको देखिएको छ । भुपेन्द्रसँगै रहेका दिपेश पनि भागेर ज्यान जोगाउन सफल भएका थिए ।

    दिपेश दुई घण्टापछि प्रहरीको सम्पर्कमा आएका थिए । अनुसन्धानमा संलग्न अधिकारीहरु भन्छन्, “त्यो दिनको घटना नियोजित रुपमा भएको देखिन्छ । भुपेन्द्रलाई बाटोमै घेराबन्दीमा पारियो । भुपेन्द्र बाटोमा नवीनको समूहको हात नलागेको भए कपिल श्रेष्ठको समूह पनि आक्रमणको योजना बनाउँथ्यो ।”घटनामा नवीनसहित अन्य ३ जना फरार छन् । प्रहरीको विशेष टोलीले उनीहरुको खोजी गरिरहेको छ । तर, नवीन र कपिल श्रेष्ठको ‘कनेक्सन’ काठमाडौंका गु’ण्डा समूहसँग समेत रहेको देखिएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    समाचार

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑