मंगलबार रातिदेखि कैलालीको लम्कीचुहा नगरपालिका–१ का डम्बर र भावना बडुवाल पुत्र वियोगको पीडाले सम्हालिन सकेका छैनन्। छोरा भूपेन्द्रलाई अल्पायुमा गुमानुपर्दा उनीहरु अचेत जस्तै छन्। भावना त भक्कानिदै परिवारको एक्लो छोरा भूपेन्द्रलाई बोलाउँछिन्। तर भूपेन्द्र नफर्किने गरी गइसकेका छन्।
छिमेकी र इष्टमित्रले दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिएर सम्हाल्न खोज्छन्। तर बडुवाल दम्पत्तिको आँसु थामिएको छैन। छोरा भूपेन्द्रले अमेरिकी उच्च शिक्षाका लागि भाषा परीक्षा उत्तिर्ण गरेपछि मंगलबार दिउसोसम्म दंग थियो बडुवालको परिवार।
कैलालीको लम्कीमा व्यवसाय गर्दै आएका डम्बर पनि छोरालाई अमेरिका पठाउन चाजोपाजो मिलाउनमा व्यस्त थिए। १/२ दिनमै भूपेन्द्रलाई काठमाडौं पठाउने तयारीमा थिए उनी। मंगलबार साँझ पनि अघिल्ला दिनहरु जस्तै परिवारका सदस्यले खाना खाइसेका थिए।
डम्बर भन्छन्, ‘खाना खाएर सुत्ने तयारी थियो। साथीले बोलाएपछि छोरा घर बाहिर गएको हो। विभत्र्सहत्या हो’ला भनेर सोच्न पनि सकिएन्।’ उनका अनुसार लम्की–चिसापानी र टीकापुरको छुट्टाछुट्टै समूह अपराधिक गतिविधिमा लामो समयदेखि सक्रि’य छ।
‘भाषा परीक्षा गरेर छोरा अमेरिका जाने तयारीमा थियो, उस्ले दुबै ग्याङमा सक्रिय हुन नमानेपछि विभत्र्सहत्या गरिएको हो,डम्बरले भने,अब यस्तो पीडा कसैले भो’ग्नु नपरोस। तर त्यसका लागि अप’राधिक गतिविधिमा सक्रिय सबैलाई हदैसम्मको कारबाही हुनुपर्छ।’
मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलन’जिकै खुकुरी प्रहार गरेर भूपेन्द्रको निर्मम हत्या भएपछि अहिले सिंगो लम्की शोकमा डुबेको छ।
२३ वर्षीय युवक गुमाउँदा लम्कीमा आँ’सु नझार्ने कोही छैनन्। लम्कीबासीले विगतमा भएका अपराध नियन्त्रण नगर्दा बडुवालको विभत्र्स हत्या भएको बताएका छन्।
‘भूपेन्द्रको हत्यामा संग्लनहरु विगतदेखि नै अपराधिक गतिविधिमा सक्रिय थिए,संविधानसभा सदस्य तथा भूपेन्द्रका आफन्त भगत बडुवालले भने, ‘अब यसपटक पनि दोषीलाई उम्काउने खेल भए यस्ता निर्मम घटना दोहरीने सम्भावना हुन्छ। लम्कीवासीले अपराधमा संग्लन सबैलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्।’