काठमाडौ । सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाको कारण निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा आज बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
दसैँअघि बिरामी भएका तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो। धरानपछि उनलाई नोबेल अस्पताल विराटनगर सारिएको थियो। अवस्था गम्भीर भएपछि केही दिनअघि मात्रै उनलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो।
यो अर्को समाचार, नेकपा ९एमाले० फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन भएका छन् । बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए । एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घोषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेको थिएन ।