आज भोली मान्छेमा मानवता हराईरहेको छ । कसैलाई दुख पर्यो कि साथ् दिनु पर्छ सहयोग गर्नु पर्छ भन्ने भावना कसैमा देख्न सकिदैन । सरकारी जागिर खाएको होस् अर्थात खाने होस् या आफ्नै ब्यापार गरेर जिबिका चलाउने किन न होस् प्राय : मन कठोर भएको मानिस मात्रै भेटिने गर्दछन । दुखी गरिबको नाममा चन्दा उठाएर आफ्नै चुलो बाल्नेहरु पनि अहिले हाम्रो देशमा दिन प्रति दिन बढ्दै छन् ।
अझै भनौ सहयोग नाममा ठगि धन्दा गर्नेहरुको कमि छैन हाम्रो नेपालमा । दुखि गरिब असाहयहरुलाई सहयोग गर्ने भन्दै पैसा उठाएर फरार भएका समाचार हामीले देखि रहन्छौ ,सुनी रहन्छौ ।
बाटोमा हिडी रहेको मानिसलाई दुख पर्यो ,पीडा पर्यो भने उसलाई सहयोग गर्ने मानव कमै मात्रामा पाइन्छ । यस्तै कमै मात्रामा देखा पर्ने एउटा मनावता भएका ट्राफिक प्रहरीका एक जवानले बाटोमा लडिरहेका एक बृद्ध मानिसलाई बोतलबाट पानी खुवाएको तस्विर यतिबेला सार्वजनिक भएको छ । उक्त तस्विर कुन ठाउँको हो र कहिलेको हो भन्ने अझै पत्ता लागि सकेको छैन । त्यसरी बाटोमा लडिरहेका बृद्ध मानिसलाई पानी खुवाएको तस्वीरले भने उनी ट्राफिक जवानलाई एक सच्चा नेपाल प्रहरी (ट्राफिक ) हुन् भन्ने जनाउछ ।
यो तस्विरमा हेर्नुहोस अनि सोच्नुहोस त्यो बेलामा तपाई भएको भए के गर्नु हुन्थ्यो ? केहि समय सोचेर आफ्नो प्रतिक्रिया लेखना न बिर्सिनु होला । मानवता कहिले पनि न हराओस । यी महान प्रहरी जवानालई सम्मान स्वरूप एक शेयर गरेर साथ् दिनु होला ।