कार्तिक २५
मोरङ रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् ।
हिजो दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका–६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटु कुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला परेका थिए । उनलाई उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।