कैलाली-कैलालीको टीकापुरमा डरलाग्दो घटना सार्बजनिक भएको छ । कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको हो ।
लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय जनाएको छ । ति ब्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएकाछन् ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुई समूहबीच झ’ड’प हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेकोे बताएका छन् ।
युवकको शव टीकापुर अस्पतालमा राखिएको छ। हत्यामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ परेका छन । उपमेयर टीका थापाका अनुसार मंगलबार बेलुका एक युवकले बडुवाललाई लिएर गएका थिए।
‘साथीलाई अप्ठेरो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका रहेछन्,’ छिमेकीसमेत रहेकी थापाले भनिन्, ‘टीकापुरमा लगेपछि एउटा समूहले भाइलाई रड, खुकुरी र चक्कु हानेर मारेछन्।’