कार्तिक २३ सुनसरीको धरान उप–महानगरपालिका–१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन ।
घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृत्यु भएको हो । घटानाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो ।
हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नु होस्
सिरहाकी ४ बर्षीय बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।
सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँपको बगैंचामा ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय शेष कुमार महतो छन् ।
उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कल्याणपुर नगरपालिकाको वडा नम्बर ११ स्थित मिलनचौकबाट पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।पक्राउ परेका महतोलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।