२३ कात्तिक, जनकपुरधाम । सिरहाकी ४ बर्षीय बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।
सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँपको बगैंचामा ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय शेष कुमार महतो छन् ।
उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कल्याणपुर नगरपालिकाको वडा नम्बर ११ स्थित मिलनचौकबाट पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।पक्राउ परेका महतोलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।