काठमाडौ :- नायिका जेनी कुँवरको निधनले नेपाली फिल्म क्षेत्रले शोक मनाइरहेको छ । उनले आफु बसेको अपार्टमेन्टमै देहत्याग गरेकी छन्। काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति देहत्याग गरेको प्रहरीले जनाएको छ। ‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। थापागाउँ स्थित उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।
पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग ल’फ’डा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।
उनको निधन हुनु अघिका केही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । धेरैजसो पशुपति मन्दिर आसपासमा भेटिने उनी त्यहाँ निकै रमाइलो पल पनि विताएकी थिइन् । भजन किर्तन लगायत धार्मिक काममा सकृय हुने उनी पशुपतिनाथ मन्दिर पनि महामारीका कारण बन्द भएपछि उनको सक्रियता पनि घटेको हुनसक्छ । अहिले उनका पुराना भिडियो भाइरल भएका छन् ।