सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको स्याउलेबाट चौतारा हुँदै काठमाडौंका लागि छुटेको माइक्रोबस अरनिको राजमार्ग अन्तर्गत चौतारा बन्देउ सडकको पोखरेबेसीमा दुर्घटना भएको छ ।
माइक्रोबसमा सवार १ महिलाकाे मृत्यु भएकाे छ । १९ जना घाइते भएका छन् । सिन्धु पाँचपोखरी प्राली अन्तर्गतको बा २ ख २६१२ नं को माइक्रोबस दुर्घटना भएको हो ।
माइक्रोमा सवार सबै घाइते भएका छन् । घाइँते स्याउले बजारका सुस्मिता श्रेष्ठका अनुसार माइक्राेभित्र अचानक धुवाँ फैलिएकाे केिह बेरमै माइक्राे बस दुर्घटना भएकाे हाे । श्रेष्ठकाे घुँडामा चाेट लागेकाे छ ।
घाइते सबैलाई धुलिखेल अस्पताल पठाईएको छ । घाइते मध्ये बलेफी गाँउपालिकाकी जानुका पराजुलीको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिएको । माइक्रो बस ब्रेक फेल भएर सडकबाट ८ मिटर तल खसेको हो ।