सुनसरी :-बसको ठक्करबाट सुनसरीमा दुई जनाको मृत्यु भएको छ । सुनसरीको कोसी गाउँपालिका–८ भण्टाबारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु भएकाे थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३५३० नम्बरको बसले पूर्वतर्फ आउँदै गरेको प्र–२–०१–००१प ०७६३ मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलचालक सोही स्थानका ३० वर्षीय अल्ताप मियाँ र पछाडि सवार ३० वर्षीय गियासुदिन मियाँ घाइते भएका थिए ।
उनीहरूको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । बस र बसचालक झापा कनकाई नगरपालिका-३ सुरुङ्गाका ५५ वर्षीय पुष्प अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।