काठमाडौं, कार्तिक :- करेन्ट लागेर राजनैतीक सम्भावना बोकेका एक विद्यार्थी नेताको निधन भएको छ । मत्यु हुनेमा हेटौंडा-१७ का २५ बर्षीय गिरिजा अधिकारी रहेका छन् ।
सोमबार दिउँसो हेटौंडा १७ राजदेबि स्थित भित्रि सडकखण्डमा बाटो बिस्तार गर्ने क्रममा जेसिबिको बकेटमा बसेर बिजुलिको तार पन्छाउने क्रममा अचानक एघार हजार भोल्टेजको तार छुन पुग्दा करेन्ट लागेर निधन भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनको शव हेटौंडा अस्पतालको शव गृहमा छ ।
अधिकारी यसअघि नेकपा माओवादी निकट विद्यार्थी संगठनका नेता थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए ।
अधिकारीको शव पोष्टमार्टमको लागि लग्ने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् । अधिकारीको बुवा आमा, एक जना दाई र दुई जना दिदीबहिनीहरु छन् ।