पाल्पा- वरिपरि ठुला भिर,विचमा हिमालकाे जस्तै अाकार भएको पहाल जुन पहाडबाट देखिने मनराेम दृश्य सहितकाे डाडा हाे । पाल्पा जिल्लाकाे रिब्दीकाेट गाउँपालिका वडा न १ ख्याहामा अवस्थित सेल्फी डाडा,जुन डाडामा रम्न अनि रमाउन दैनिक सयकाे हाराहारीमा पर्यटकहरूकाे अागमन हुने गर्दछ । पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै १ घण्टाकाे समयमा पुग्न सकिने सेल्फी डाडा पछिल्लो समयमा पर्यटकहरूकाे राेजाइ बन्दै गएकाे छ । विगतकाे समयमा मानिसहरू उक्त डाडा रहेको लिस्नाेकाे प्रयाेग गरि अर्गेली बजार,गुल्मी सम्म गन्तव्य मार्गकाे रूपमा अावतजावत गर्ने स्थानीयकाे भनाइ छ ।
परापुर्वकालमा उक्त डाडामा रहेको लिस्नाेकाे प्रयाेग गरि मानिसहरू अावतजावत गर्ने भएको उक्त डाडाकाे नाम लिस्ने भिर रहे पनि हाल उक्त डाडालाई नामाकरण गरि सेल्फी डाडा भनिएकाे छ । उक्त डाडाकाे प्रयाेग गरि मानिसहरू घाँस दाउरा काट्न,मृत मानिसहरूलाई रिडी लैजाने मार्गकाे रूपमा लिस्ने भिर रहेको थियाे । डाडाकाे लिस्नाे प्रयाेग गरि निकै जाेखिम पुर्ण तरिकाले अावतजावत गरे पनि पछि उक्त लिस्नाेलाई हटाई पखार्ल लगाएर रेलिङ्ग गरिएको छ ।
डाडाबाट पाल्पा,गुल्मी र स्याङ्जाकाे संगम स्थल रिडी,अर्गेली,अर्गेलीकाे दरबार लगाएत मनाेराेम हिम शुङ्खलाकाे अवलोकन गर्न पाउनु नै डाडाकाे मुख्य विशेषता हाे ।
स्थानीय कृष्ण सुनारले विगतकाे समयमा मानिसहरूले भिरमा रहेको लिस्नाेकाे प्रयाेग गरि अर्गेली बजार सम्म अावतजावत गर्ने भएकोले उक्त भिरकाे नाम लिस्ने भिर रहेको बताउनुभयो । उक्त लिस्नाेकाे प्रयाेग गरि मानिसहरू घासदाउरा गर्न जानकाे लागि प्रयाेग गर्ने माध्यम,मानिसहरूकाे मृत्यु भएकोमा साेही भिरकाे प्रयाेग गरि रिडी सम्म लैजान,अर्गेली सम्म जाने मार्गकाे रूपमा प्रयाेग गर्ने गरेको बताउनुभयो । लिस्नाेकाे प्रयाेग गरि मानिसहरूले जाेखिमपुर्ण तरिकाले अावतजावत गर्दा मृत्यु समेत भएकाे र पछि उक्त लिस्नाेलाई हटाई पर्खाल लगाएर तारबार गरिएको र नया नामाकरण गरिएर सेल्फ डाडा नाम राखिएको बताउनुभयो । पछिल्लो समयमा सेल्फी डाडाकाे अवलोकन गर्न अाउने अान्तरिक पर्यटककाे सख्यामा वृद्धि भएको सुनारले बताउनुभयो । दैनिक रूपमा झण्डै १ सयकाे हाराहारीमा पर्यटकहरू सेल्फीडाडामा रम्न अनि रमाउनका लागि अागमन हुने गरेको सुनारले बताउनुभयो ।
त्यस्तै साेही स्थानका स्थानीय राम प्रसाद न्याैपाने सेल्फी डाडाबाट पाल्पाका लगाएत गण्डकी प्रदेश,लुम्बिनी प्रदेशका धेरै भागहरूकाे अवलाेकन गर्न सकिने भएकोले पर्यटकीय सम्भावना बाेकेकाे क्षेत्र रहेको बताउनुभयो । ख्याहा अवस्थित लिस्ने भिरकाे साथसाथै नजिकैकाे छत्रदेवालयकाे मन्दिरलाई प्याकेजमा डिपियार बनाई पर्यटकिय क्षेत्रकाे रूपमा विकास गर्नुपर्ने बताउनुभयो । डाडामा अझ पर्यटकहरूलाई अाकर्षित गर्न अर्गेली देखि डाडा सम्म केवल कार जडान गरि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै समाजसेवी चिरञ्जीवी पाेखरेलले लिस्ने भिर प्रयाेग गरि विगतकाे समयमा मानिसहरूले निकै जाेखिमपुर्ण रूपमा अावतजावत गर्ने हुदा लिस्ने भिर नाम रहेको बताउदै विकास चरण अनुसार हाल पर्खाल लगाई छेक बार गरिएको बताउनुभयो । प्राकृतिक रूपमा निर्माण भएको उक्त डाडाबाट तानसेनकाे अर्गेली क्षेत्र,कालीगण्डकी नदीकाे नागबेली,रूरू क्षेत्र धाम,अर्गेलीमा रहेको जुद्व समशेरकाे दरबारकाे प्रत्यक्ष रूपमा अवलाेकन गर्न सकिने बताउनुभयो । लिस्ने भिर अर्थात सेल्फी डाडा पर्यटकिय सम्भावना बाेकेकाे क्षेत्र रहेकोले उक्त स्थानलाई पर्यटक मैत्री बनाइ पर्यटककाे अागमनमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।
रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले सेल्फी डाडा अाफैमा प्राकृतिक रूपमा निर्माण भएको सुन्दर स्थान रहेको बताउनुभयो । पछिल्लो समयमा सेल्फी डाडालाई विकासका पुर्वाधारले जाेड्ने कार्य अगाडि बढाएकाे बताउनुभयो । गाउँपालिकाले उक्त डाडा सम्म पुग्नकाे लागि सडक विस्तार,रेलिङ्ग लगाउने,बस्नकाे लागि बस्ने स्थानकाे व्यवस्था गरेको बताउनुभयो । सेल्फी डाडामा पछिल्लो समयमा पर्यटककाे अागमनमा वृद्धि भइरहेको परिस्थितिमा उक्त डाडामा अाउने पर्यटकहरूलाई मध्ये नजर गरि अस्थायी प्रकृतिका हाेटलहरू सञ्चालन गरि पर्यटकहरूलाई सेल्फीडाडामा सुविधा पुर्याउने याेजनाका साथ गाउँपालिका अगाडि बढेको बताउनुभयो । पर्यटकहरूकाे अागमनलाई मध्ये नजर गरि गाउँपालिकाले अस्थायी रूपमा पर्यटकहरूलाई जाडाेकाे समयमा चिया नास्ता र गर्मीकाे समयमा चिसाे खाने गरि अस्थायी प्रकृतिका हाेटलहरू सञ्चालन गर्ने याेजना रहेको अध्यक्ष जि सीले बताउनुभयो । रिब्दीकाेट गाउँपालिकाका ८ वटै वडाहरूमा एक वडा एक पर्यटकिय क्षेत्रकाे पहिचान गरि पर्यटकिय क्षेत्रकाे रूपमा विकास गरि पर्यटनकाे अागमनमा वृद्धि सँगै स्थानीयकाे अाम्दानीकाे स्त्राेतकाे वृद्धि गर्ने याेजनाका साथ गाउँपालिका अगाडि बढेको बताउनुभयो ।
पाल्पामा लिस्ने भिर अर्थात सेल्फीडाडा जस्ता धेरै प्राकृतिक रूपमा निर्माण भएका स्थानहरू रहेका छन । यस्ता पर्यटकिय क्षेत्रहरूकाे खाेजी गरि पुर्वाधार जाेड्ने कार्यकाे थालनी सँगै प्रचार प्रसार गर्न सके पर्यटककाे अागमनमा वृद्धि भई स्थानीयकाे अाम्दानीमा वृद्धि हुने निश्चित छ ।