मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेका’लाई ठ’क्क’र दिँदा दु’र्घ’ट’ना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बस’को ठ’क्क’र’बाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ। दुर्घट’ना’मा आठ जना घाइ’ते भए’का छन् ।
घा’इतेम’ध्ये सात जना उपचारपछि घर फ’र्केका छन् । एक जनाको चितव’न मेडिकल कलेज’मा उप’चार भइरहेको छ ।
बसको ठ’क्करबाट हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवन घर भएका प्रेम सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनीहरुको घटना’स्थल’मै मृ’त्यु भएको हो।
घा’इतेहरूको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो। घाइ’ते उपचारपछि अस्पतालबाट घर गइसकेका छन् भने एक जनाको उपचार जारी छ।
बस अनियन्त्रित भएर दुर्घ’टना भएको हुन सक्ने प्रहरीले जनाएको छ। दुर्घ’टनाको कारण खुलिसकेको छैन। घ’टनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।