• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      १ घण्टा अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      २ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ५ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ६ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      ११ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      १२ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १४ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      १ दिन अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

  • बुटवल दैनिक
  • २०७८ कार्तिक १८, बिहिबार (१ साल अघि)
  • २५९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं :- महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
    दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो।

    नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ।

    नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए। विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिएका थिए।

    महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे।

    विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु गराएका थिए।

    नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान देवकोटाको अविस्मरणीय देन हो। तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँशुकविको क्षमतासमेत थियो।

    देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।

    शाकुन्तल महाकाव्यमा पूर्वीय एवं आधुनिक सभ्यताको संयोजन भएको नेपाली विषयको दर्शनाचार्य तह (एमफिल) मा ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ विषयमा शोध गर्नुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए।

    नेपाली साहित्यको महाकविको पदवी दिइए पनि देवकोटा स्मरण वार्षिकरुपमा औपचारिकतामा मात्र सीमित भइरहेको उहाँको गुनासो छ। उहाँको घरलाई सङ्ग्रहालय बनाउनेलगायत कुरा गफमै हराउने गरेको नेपाली साहित्यका पाठकको भनाइ छ।

    चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो। महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन्। विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑